
६ जुन,अमेरिका । न्यूयोर्क बफेलो शहरका दुई प्रहरी निलम्बित भएपछि अन्य ५७ जना प्रहरीले सामूहिक राजिनामा दिएका छन् । गत जुन ४ बिहिबारका दिन ७५ बर्षिय बृद्ध मान्छेलाई दुई प्रहरीले धक्का दिदा सडकमा ती बृद्धको टाउको फुटेको थियो । सो घटनामा दोषी देखिएका दुई प्रहरीलाई निलम्बन गरिएपछि ५७ जना प्रहरीले पनि सामूहिक राजिनामा दिएका हुन् ।
अमेरिकामा मिनेसोटामा जर्ज फ्लोईडको मृत्यु पछि फैलिएको बिरोध प्रदर्शनीलाई नियन्त्रण गर्न शहर निस्किएको प्रहरी टिमका दुई प्रहरीले उक्त व्यक्तिलाई प्रहरीको धक्का दिँदा भुईमा पछारिएका थिए ।
उक्त घटनाको छानबिन हुँदैछ भने न्यूयोर्कका गर्भनर एन्ड्र्यू कुमोले यस घटनालाई “पूर्णतया अनुचित र पूर्ण रूपमा अपमानजनक” भनी निन्दा गरेका छन् ।
न्यूयोर्क प्रहरीका अनुसार प्रहरी अधिकारीहरुले आकस्मिक ईकाईबाट मात्र राजिनामा दिएको बताएका छन् भने उनीहरुले प्रहरी बलबाट भने राजिनामा नगरेको जनाएका छन् । बफेलो प्रहरी हितकारी संघका अध्यक्ष जोन इभान्सले शुक्रबार डब्लुजीआरजेडलाई भने, “केवल दुई जना सदस्यका कारण असन्तुष्ट भएर राजीनामा गरियो।”
घाइते व्यक्ति मार्टिन गुगिनो भएको कुमोको कार्यालयले पुष्टि गरेको छ । गुगिनो गम्भीर तर स्थिर अवस्थामा अस्पतालमा भर्ना भएको पनि अधिकारीहरूले बताएका छन् ।
गुगिनोका वकिलले एक विज्ञप्ति जारी गरी ‘गुगीनो सचेत र व्यक्ति भएको र उन लामो समयदेखि शान्तिमय प्रदर्शनकारी र मानवअधिकार अधिवक्ता’ रहेको जानकारी गराएका छन् ।
(एजेन्सी)