-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

जर्मनीबाट एक तिहाइ अमेरिका सेना फिर्ता बोलाइयो



२४ जेठ । अमेरिकाले जर्मनीबाट करिब एक तिहाई आफ्नो सेनालाई फिर्ता बोलाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९५०० अमेरिकी सेनालाई जर्मनीबाट फिर्ता बोलाउन आदेश दिएका छन् । एक वरिष्ठ अमेरिकी अधिकारीले शुक्रबार सो कुराको जानकारी दिँदै भने ‘यो कदमले अमेरिकी प्रतिबद्धताबारे युरोपमा चासो बढेको छ ।’

ती अधिकारीले अमेरिकाले सेना फिर्ता गर्नुपर्ने कारण स्पष्ट नपारे पनि अमेरिकी सेनाका शीर्ष अधिकारी जनरल मार्क मिल्लीले संयुक्त प्रमुख सेनापतिका अध्यक्षको महिनौको कामको नतिजा भएको र ट्रम्प र जर्मनी चान्सलरबीचको तनाबको सम्बन्धमा केही गर्न नसकेको बताएका छन् ।

जर्मनी चाक्सलर एन्जेला मार्केलले अमेरिकी राष्ट्रपति ट्रम्पको यसै महिना आयोजना गर्ने जि ७ बैठकलाई असफल बनाएकी थिइन् ।
प्रशासनका दोस्रो वरिष्ठ अधिकारीका अनुसार जर्मनीबाट फिर्ता बोलाइएका ती सेनाहरु पोल्याण्ड र केही अन्य सहयोगी देशहरुमा पठाइने छ भने केहीलाई घर फर्काइने छ ।

ती अधिकारीका अनुसार अमेरिकाले नेतृत्व गरेको नाटो सेनाको गठबन्धनको समग्र रक्षा खर्चका कारण जर्मनीमा ठूलो संख्याको सेना आवश्यकता नरहेको हो ।

जर्मनीमा ३४,५०० अमेरिकी सेना रहेकोमा फिर्ता गरिएपछि अब २५,००० रहेका छन् ।  (एजेन्सी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं