
२४ जेठ, काठमाडौँ । नेपालले शान्तिपूर्ण रुपमा सीमा विवाद सुल्झाउन वार्ता गरौँ भनेर पटक पटक हारगुहार गर्दा पनि अटेरी गरेको भारतले चीनसँगको सीमा विवाद भने ‘शान्तिपूर्ण’ रुपमै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार लदाखको विकसित सीमा क्षेत्रका बारे शान्तिपूर्ण रुपमा समाधान गर्न भारत अग्रसर रहेको बताइएको छ । दुई देशका उच्च सैनिक जनरलहरुको सो सम्बन्धि बैठकपूर्व भारतले मन्त्रालय तहबाट यो धारणा सार्वजनिक गरेको हो ।
तनाब कम गर्न तथा थप सैन्य संख्या नबढाउन दुवै पक्ष तयार भएको समेत भारतीय अधिकारीहरुले बताएका छन् । सन् १९६२ मा भारत–चीन बीच भएको युद्धभूमि र ग्याल्वान उपत्यकामा प्राय तनाब भैरहने गरेको छ । चीनले आफ्नो ९० हजार वर्गकिलोमिटर क्षेत्र भारतको उत्तरपूर्वमा सुरक्षित गर्न खोजिरहेको र भारतले आफ्नो ३८ हजार वर्गकिलोमिटर क्षेत्र लदाखको हिमालय क्षेत्रमा चीनले ओगटेको भनिरहने गरेका छन् ।
यस सम्बन्धमा चीनको विदेश मन्त्रालयले ‘नियन्त्रण भन्दा बाहिर नभएको र सहि प्रत्रियाद्वारा समाधान हुने बताएको छ भने भारतको विदेश मन्त्रालयले भारत–चीन सम्बन्धले विश्वशान्तिमा समेत सकरात्मक प्रभाव पु¥याउने अपेक्षा गरेको छ ।
तर रोटी र बेटीको सम्बन्ध रहेको नेपालका सम्बन्धमा भने एकपक्षीय रुपमा भारतले सीमा अतिक्रमण गरेर वार्ताको मितिसमेत तय गर्न सकेको छैन ।