Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपालमा हालसम्म ९६ हजार बढी पिसीआर परीक्षण, ३,४४८ कोरोना संक्रमित, १३ को मृत्यु र आइसोलेशनमा २,९६८ जना



२५ जेठ, काठमाण्डौं । नेपालमा आइतबार (२५ जेठ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट २ लाख ४१ हजार २५१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट ११३४२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समय परीक्षणको दायरा दैनिकरुपमा बढ्दै गएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार आजसम्म पिसीआर प्रविधिबाट ९६ हजार २०५ र आरडिटी प्रविधिबाट १ लाख ४५ हजार ४९ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ३,७२८ पिसीआर र ७६१४ वटा र्यापिड परीक्षण गरिएको छ ।

प्रदेश परीक्षण विवरण (जो क्वारेन्टिइनमा रहेकाहरुमा गरिएको)
त्यसैगरी हालसम्म प्रदेश नं १ मा १३ हजार ३०१, प्रदेश नं २ मा ९ हजार ९३९, बाग्मती प्रदेशमा २६ हजार ७८६, गण्डकी प्रदेशमा ९ हजार ३५०, प्रदेश नं ५ मा ३१ हजार ७१६, कर्णाली प्रदेशमा २० हजार ९२६ र सुदूरपश्चिम प्रदेशमा ३३,०३१ वटा नमुना आरडिटी प्रविधिबाट परीक्षण गरिएको हो ।

क्वारेन्टिनमा रहनेको संख्या
हाल सातै प्रदेशमा विभिन्न क्वारेन्टाइनमा १ लाख ७० हजार ७३२ जना रहेका छन् । जसमा प्रदेश नं १ मा ४ हजार ३८८ जना, प्रदेश नं २ मा २२ हजार २३२ जना, बाग्मती प्रदेशमा ३ हजार १९५ जना, गण्डकी प्रदेशमा ५ हजार ३६३ जना, प्रदेश नं ५ मा ३९ हजार ८९७ जना, कर्णाली प्रदेशमा ३२ हजार ८२ जना र सुदूरपश्चिम प्रदेशमा ६३ हजार ५७५ जना रहेको स्वास्थ्य मन्त्रालयले आइतबार (जेठ २५ गते) को नियमित पत्रकार सम्मेलनमाजानकारी दिएको हो । क्वारेन्टाइनमा रहनेहरु धेरैजसो भारतबाट आएका हुन् ।

आइसोलेशन र रेडजोनमा रहनेको संख्या
नेपालमा हालसम्म विभिन्न अस्पताल र आइसोलेसन सेन्टरहरुमा आइसोलेसनमा २,९६८जना रहेका छन् । जसमा प्रदेश नं १ मा १६८ जना, प्रदेश नं २ मा ९७४ जना, बाग्मती प्रदेशमा ५७ जना, गण्डकी प्रदेशमा १०८ जना, प्रदेश नं ५ मा ९४४ जना, कर्णाली प्रदेशमा ६२१ जना र सुदूरपश्चिम प्रदेशमा ९६ जना गरी २,९६८ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै आज रेडजोनमा ३ जना थपिएका छन् । उनीहरु काठमाण्डौं, ललितपुर र सिराहाका रहेका छन् । यो सँगै हालसम्म रेडजोन (संभावित संक्रमित) मा पर्नेहरु ४७२ जना पुगेका छन् ।

नेपालमा आज २०९ जना कोरोनाका नयाँ संक्रमित, संक्रमितको संख्या ३,४४८ पुग्यो
२५ जेठ, काठमाण्डौं । नेपालमा आज २०९ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । उनीहरुमा २०९ जना पुरुष र ४ जना महिला रहेका छन् ।

स्वास्थ्य मन्त्रालयद्धारा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालमा कोरोना संक्रमितको कूल संख्या ३,४४८ पुगेको हो ।
कूल संक्रमित ३,४४८ जनामा ४६७ जना निको भएर घर फर्किएका छन् भने अन्यको विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचार भइरहेको पनि मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

नेपालमा आजमात्रै १०२ जना कोरोना संक्रमणबाट मृक्त, निको हुनेको संख्या ४६७ पुग्यो
नेपालमा आजमात्रै कोरोना संक्रमणबाट मुक्त भएर १०२ जना घर फर्किएका छन् ।  स्वास्थ्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठाानमा उपचाररत १२ जना रहेका छन् । झापाका उनीहरु १० दिनको उपचार पश्चात निको भएर डिस्चार्ज भएका हुन् ।

त्यसैगरी कैलाली अस्पतालबाट बाराका ३४ जना डिस्चार्ज भएका छन् । उनीहरु ९ देखि ११ दिनको उपचारपछि घर फर्किएका हुन् ।
काठमाण्डौंको बलम्बुमा रहेको कोभिड १९ युनिफाइड अस्पतालबाट महोत्तरीका १ जना डिस्चार्ज भएका छन् । उनी ९ दिनमा निको भएर घर फर्किएका हुन् ।

त्यस्तै बुटवलको कोरोना विशेष अस्पतालबाट कपिलवस्तु र रुपन्देही २७ जना डिस्चार्ज भएका छन् । उनीहरु १३ देखि २७ दिनमा डिस्चार्ज भएका हुन् ।

त्यसैगरी कोरोना विशेष अस्पताल दाङ बेलझण्डीबाट १० जना डिस्चार्ज भएका छन् । बाँके, दाङ, बर्दिया र कपिलवस्तुका उनीहरु १५ देखि २३ दिनमा डिस्चार्ज भएका हुन् ।

त्यस्तै गौरमा रहेको नर्सिङ इन्स्च्युटबाट १८ जना डिस्चार्ज भएका छन् । रौतहटका उनीहरु २० दिनको उपचारपछि डिस्चार्ज भएका हुन् ।
आज डिस्चार्ज भएका १०२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४६७ पुगेको छ । जसमा ३९९ पुरुष र ६८ जना महिला रहेका छन् ।

हालसम्म कुन प्रदेशमा कति डिस्चार्ज भए त ?
नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४६७ मुक्त भएका छन् । प्रदेश नं १ मा ९१ जना, प्रदेश नं २ मा १८६ जना, बाग्मती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३ जना, प्रदेश नं ५ मा १३३ जना, कर्णाली प्रदेशमा ९ जना र सुदूरपश्चिम प्रदेशमा १३ जना गरी कूल ४६७ जना संक्रमणबाट मुक्त भएका हुन् ।

अहिलेसम्म कुन प्रदेशमा कति संक्रमित भेटिए त ?
नेपालमा हालसम्म सातै प्रदेशका ७१ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । जसमा प्रदेश नं १ का १२ जिल्लाका २५९ जना, प्रदेश नं २ का ८ जिल्ला (सबैं जिल्ला) १,१६१ जना, बाग्मती प्रदेशका १२ जिल्लाका ९२ जना, गण्डकी प्रदेशका ९ जिल्लाका १११ जना, प्रदेश नं ५ का सबै १२ जिल्ला (आज थपिएका जिल्ला रोल्पा) १,०८१ जना, कर्णाली प्रदेशका ९ जिल्लाका ६३३ जना र सुदूरपश्चिम प्रदेश सबै जिल्ला (९ जिल्ला) का १०६ जना गरी ३,४४८ जना रहेका छन् । उनीहरुमा आजसम्म ४६७ जना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३
नेपालमा शनिबार सम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । शनिबार २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । शनिबार पुष्टि भएकामा डोल्पा र धनगढीका २ जना रहेका छन् ।

सेति प्रादेशिक अस्पतालमा किड्नीको डाइलोसिस गराउन आएकी धनगढी ४ की ५५ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो ।
जेठ २३ गते सेति अस्पतालमा डाइलोसिसका लागि आएकी उनको शुक्रबारै दिउसो १२ बजे डाइलोसिसको क्रममै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमणको कुनैपनि लक्षण नदेखिएको उनको अस्पतालको प्रयोगशालामै गरिएको पिसीआर परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

त्यस्तै डोल्पाको जगदुल्लाका ५८ वर्षीय पुरुषको पनि जेठ २१ गते रातको २ बजे मृत्यु भएको छ । उनी सुर्खेतबाट जेठ १६ गते डोल्पा गएका थिए । १८ गते डोल्पाको क्वारेन्टाइनमा बसेका उनको २१ गते मृत्यु भएको हो । उनमा दमको समस्या भएको बताइएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको उनको श्वाव परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमणबाट उनको मृत्यु भएसँगै उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको टोली डोल्पा जान लागेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

जेठ २१ र २३ गते धनगढी र डोल्पाका २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

यसअघि सुर्खेतको पंचपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवाको जेठ २२ गते (विहिबार) बिहान मृत्यु भएको छ । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोनाको नमुना परीक्षणमा शुक्रबार (जेठ २३ गते) विहान रिर्पोट पोजेटिभ आएको थियो ।

त्यस्तै जेठ २२ गते पाल्पा पूर्वखोला गाउँपालिका सिलवाका ४५ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।

त्यस्तै (जेठ २०) पनि दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको थियो । स्ट्रोक भएर जेठ १३ गते काठमाण्डौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएर अप्रेसन गरिएका उनमा जेठ १५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको थप उपचारका लागि टिचिङ अस्पताल महाराजगन्जमा आइसीयुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

बाजुराकी २ वर्षीया बालिका, दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीय युवा, अर्घाखाँचीको भुमिकास्थानका ३५ वर्षीय युवा,(जेठ १४) गते ललितपुर बुङमति २२ का ५६ वर्षीय पुरुष, त्यस्तै जेठ ४ गते मृत्यु भएका विराटनगरका ७० वर्षीय पुरुष, जेठ ७ गते गुल्मी मदानेका ४१ वर्षीय शिक्षक, जेठ ४ गते बाँके नरैनापुरका २५ वर्षीय युवा र जेठ १ गते सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

नेपालमा आजसम्मको कोरोना अपडेटः ३,२३५ संक्रमित, १३ को मृत्यु, आइसोलेशनमा २,८३७ जना र क्वारेन्टाइनमा १ लाख ६६ हजार बढी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा