
हे मेरी आमा, यो जन्म दियौ, तिमीले मलाई
सम्झना तिम्रो,अति नै भयो, भनु म कलाई
उडेर जाउँ,पखेटा छैन, दौडन सकिन
पराई घर, डोलीमा चढि,आए हुँ म किन
नछोरा साथ, नछोरी साथ, कसरी बस्दि हौ
परान धान्न, भनेर खान, भान्सामा पस्दि हौ
सुगर थियो, प्रेसर थियो, मुटुको बिरामी
सपना देखे,ब्युझिए राति, भिजाए सिरानी
स्कुल जाँदा, भुलेकी थियौ, भन्नेथ्यो मनमा
घरमा एक्लै, भएको देख्दा, पिडा छ तनमा
उमेरै हुँदा, विधुवा भयौ, सिन्दुर पुछियो
सम्झना आयो, झरेर आँसु ,भातै पो मुछियो
म बस्ने ठाउँ, कपिलवस्तु, कोरोना भयो धेर
नदेखि आमा, नभेटि आमा, मर्न पो छैन बेर
संसार भरि, कोरोना आयो, बाँचिन्न होला है
बलिन्द्र धारा, आँसु पो खस्यो,बन्नेभो खोला नैे
महिना आठौँ, लागेछ आमा, नगको माइत
मनत थियो, बिदामा जाने, जुरेन साइत
सम्झना अति, आएर आमा, कलम चलाए
पढेर फेरी, नभने आमा, मुटु पो जलाए
शिक्षा नि दियौ,दिक्षा नि दियौ, राखिनौ साथमा
कलम चाल्ने, आशिष तिम्रो, लिने छु माथमा
माया नि दियौ, ममता दियौ, सस्नेह दियौ नि
कविता लेख्ने, प्रेरणा सधैं, तिमीले दियौ नि
हातमा छोपि, स्कुल लगि , कखरा लेखायौँ
भविष्य मेरो उज्यालो पार्ने, सुमार्ग देखायौँ
झ्याउरे लय