Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

मेरा पाँच मुक्तक



(१)
देशमै श्रम गर्छु म त, आफ्नै ज्यानको हड्डी घोटी
ढिंडो आँटो सिस्नो अनि, खान्छु कोदो फापर रोटी
मेरो लागि देश भन्दा , ठूलो कुरा केही छैन
शिरमा राखी मातृभूमी, प्रणाम गर्छु कोटी कोटी ..
(२)
कहिले काहीं नसोचेकै, चोट पर्छ जिन्दगीमा
आफ्नै मान्छे दुष्मन बनि, घात गर्छ जिन्दगिमा
हाँसो खुशिसँगै जीबन, बित्ला भन्ने सोच्दै गर्दा
छाति माथी बज्र परि, आँशु झर्छ जिन्दगीमा ..

(३)
पुल नहुँदा ठूला नदी , पौडी खेल्दै तर्नुपर्छ
बिद्यालय जान हामिले , सधै कष्ट गर्नुपर्छ
कहिले सम्म हो सरकार, दुर्गम ठाउँका बिद्यार्थीले
नदी तर्दा तर्दै हरेक बर्ष, अकालमै बगी मर्नुपर्छ…

(४)
छोराले बशं चलाउछ भनी, समाजमा भ्रम छर्नेहरु
छोरी लाई भार सम्झी, गर्भमै हत्या गर्नेहरु
आजकल बृद्ध आश्रममा, बसेर पछुताई रहेछन
छोरी होईन छोरै पाउभनि, ईश्वरको शरण पर्नेहरु …

(५)
म यो धर्तीमा आएँ, केबल तिम्रै हुनको लागि
सम्झ मेरो काख तिमी, धित मरुन्जेल रुनको लागि
तिमी मेरै मान्छे हौ र, मेरो मुटु भित्र बस्यौ
नत्र कतिले प्रयत्न गर्छन्, यो मन छूनको लागि…


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा