-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

कविताः उधिनिएको छाती



सकसका बुँदहरूमा जेलिएर
छातीको अनकन्टार गहिराईमा बसेको
प्रेमहारलाई
सहस्र स्वीकारेर नाम दिएकी थियौ तिमीले

हो त्यही प्रणयहार निस्किएको थियो
मस्तिष्कको आँखाबाट
बिछडिदा बिछडिंदै कुममाथी हात राखेर
तिमीलाई पहिर्याईदिएपछि
खुलेर हाँसेको थियो एक्लै मुर्छित बेदना

संझना ताजा छ
तेहि बहानामा कोरिएका शब्दहरूमा
प्रियलता !
कहिल्यै फूत्कन नसक्नेगरि बेरिएकीछ्यौ

त्यो समयमा
पीडाले जति तिमीलाई घोचेको थियो
दबिएका चाहनाले जति आनन्द दिएको थियो
त्यो भन्दा बढि जलनमा
यो छाती चिथोरिएको आभाष थियो
तर उन्मादी आबेगहरू सिथिल हुन
एकाकार नै जरूरी हुनेरहेछ
एकान्त नै जरूरी रहेछ

छटपटाहट मै
हतार हतार मै स्खलित भएको मन
याद हुनु पर्छ तिमीलाई
अररिएको छातीभित्र
फुटेका बेदनाहरू बगिरहेका आँखा
सुक्दै
भिज्दै गरेको परेलीका ओठमा
हावाले उडाएको अश्रुजल
फिस्स हाँसेको दन्तलहर हेर्दा हेर्दै
फूलमा खस्नै पाएनन्
पातमै बेरेर निस्किएको थियो
दुःखद समय

परन्तु
दिन बितेर गएपनि
रात फर्किएर आएपनि
कहाँ बिलाउँछ र बाफ जसरी प्रणयको ढुकढुकी
कहाँ चुँडिन्छ र बिश्वासको धागो
उडछ स्वतन्त्र आकाशमा
पतंगको साथी भएर
हो
हरपल दिलको गर्भाशयमा
जानाजान भएको समर्पित भूलले
बिश्वास खिपेर उधिनिएको छाती
घोचिरहन्छन्
घोचिरहन्छन्
रोपेर छोडेका शोलाहरू

जब यादहरू फर्किन्छन्
प्रतिक्षाको ढुकढुकी खोजिरहन्छ
शोला उखेलेर फाल्ने अर्काे एकान्त समय ।।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ