
हिजो अस्ताएको कालो सूर्य,
फेरि धरतीमा नउदाओस्,
सपना बुन्ने मानिसको मनमा,
खग्रासको कालो नझल्क्योस्,
हरेक जीवनमा आस्थाका मुना
कलिला नै हुने गर्छन्
तिनै मुनाको रक्षा गरे,
भोलीको आकाश छुन सक्दछन्
देखेर आस्थाको बीऊ
नष्ट गर्ने अभिष्ट बोकी
आउन सक्छन् अनिष्टकारी
धपाउ तिनलाइ लाठाले ठोकी
रक्षाको बारलाई भत्काउन
आउन सक्दछन्,
फेरि छाडा साँडेहरु
लखेट मिलेर सबैले
ओरालो भागुन तिनीहरु ।
मृत्युको घण्ट खोसेर
स्वतन्त्रताको लडाईमा
आमाको आशिर्वादलाई
रक्षा–कवज बनाएर जीवनमा
बिना मोलाहिजा जीवनको
उमारेर उत्सर्ग जन–भावमा
हटाएको कालो खग्रास
आज फेरि ब्युतन खोज्दैछ
चम्किलोे सुर्यलाई कालो पोत्न
अनिष्ट सामाग्री जोर्दैछ
सेतो सुर्यको
सहन–शिलतालाई
कमजोरी उस्ले ठान्दैछ,
सहयात्रीहरु पनि भ्रममा
भौतारिन सक्छन् कहिले कही
औसीको रातमा परेको चट्याङ्गले
दिन सक्छ र ! उज्यालो सदा नै ?
रोपेर धैर्यको बीउ
उमार्नु छ सद्भाव सत्हृदयमा
पोषिलो आहारा स्वतन्त्रताको
खुवाई हुर्काउनु छ दिल–दिमागमा
फलोस् अमृत सबको मनमा
हटोस् कालो विषाक्त छद्म रुप त्यो
बनोस् जीवन औषधि,
खुलोस आकाश निर्मल भई,
हटोस् मनको धमिलो सबै
मिलेर नाचुन् जीवन पंछी
उज्यालो पृथ्वी आगनमा
रमुन् खुशीले औधी ती
नपरोस पीडा फेरि जीवनमा !!
कविताः कालो सूर्य
महेश राज खरेल, कोटेश्वर काठमाण्डौ
हिजो अस्ताएको कालो सूर्य,
फेरि धरतीमा नउदाओस्,
सपना बुन्ने मानिसको मनमा,
खग्रासको कालो नझल्क्योस्,
हरेक जीवनमा आस्थाका मुना
कलिला नै हुने गर्छन्
तिनै मुनाको रक्षा गरे,
भोलीको आकाश छुन सक्दछन्
देखेर आस्थाको बीऊ
नष्ट गर्ने अभिष्ट बोकी
आउन सक्छन् अनिष्टकारी
धपाउ तिनलाइ लाठाले ठोकी
रक्षाको बारलाई भत्काउन
आउन सक्दछन्,
फेरि छाडा साँडेहरु
लखेट मिलेर सबैले
ओरालो भागुन तिनीहरु ।
मृत्युको घण्ट खोसेर
स्वतन्त्रताको लडाईमा
आमाको आशिर्वादलाई
रक्षा–कवज बनाएर जीवनमा
बिना मोलाहिजा जीवनको
उमारेर उत्सर्ग जन–भावमा
हटाएको कालो खग्रास
आज फेरि ब्युतन खोज्दैछ
चम्किलोे सुर्यलाई कालो पोत्न
अनिष्ट सामाग्री जोर्दैछ
सेतो सुर्यको
सहन–शिलतालाई
कमजोरी उस्ले ठान्दैछ,
सहयात्रीहरु पनि भ्रममा
भौतारिन सक्छन् कहिले कही
औसीको रातमा परेको चट्याङ्गले
दिन सक्छ र १ उज्यालो सदा नै रु
रोपेर धैर्यको बीउ
उमार्नु छ सद्भाव सत्हृदयमा
पोषिलो आहारा स्वतन्त्रताको
खुवाई हुर्काउनु छ दिल–दिमागमा
फलोस् अमृत सबको मनमा
हटोस् कालो विषाक्त छद्म रुप त्यो
बनोस् जीवन औषधि,
खुलोस आकाश निर्मल भई,
हटोस् मनको धमिलो सबै
मिलेर नाचुन् जीवन पंछी
उज्यालो पृथ्वी आगनमा
रमुन् खुशीले औधी ती
नपरोस पीडा फेरि जीवनमा ११