१.
न सीप न योग्यता,
पर्दैन कुनै लगानी,
गलाभरी खादा र माला !
२.
विचारको चौपारी,
क्षितिज सम्मको यात्रा,
साहित्यिक ज्ञान अनन्त ।
३.
मन परेको मान्छे,
पूर्णिमामा झुल्क्यो जून,
नौलाखै तारा आकाशमा ।
४.
नढलोस् न्याय मूर्ति,
माथी आगो तल पानी
कालो छाँया कालै मुहार ।
५.
जगतको उज्यालो,
राहत अनि आहत,
कस्तुरी बिनाको सुवास !