Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कविताः मेरो सरकार



म भोक लाग्यो भन्छु
ऊ कर तिर भन्छ
म अभावमा छु
हिड्न सक्दिन भन्छु
ऊ माटोमा
पैताला टेक्न सक्दिन भन्छ

मलाई कार्पेट किन्न
पैसा ले भन्छ
म उसँग गाँस माग्छु
ऊ ढुकुटी बोकेर
मेरो पसिनाको
थोपा–थोपा बटुल्छ
मसँग आलिशान माग्छ
म दिनभरी डल्ला फुटाउँछु
मेरो श्रमबारीमा ।

मेरा हत्केलाका ठेला बटुलेर
दिनभरी कुर्सी मडार्छ ऊ
साँझ परेपछि
अर्कैले घर पुर्याइदिनु भन्छ
अर्कैले छानो टाल्नु,
अर्कैले चुलो बाल्नु भन्छ ।

मेरा दाजुभाइ
कतारको घाममा पग्लिएर
बिहान बेलुकाको गाँस खोज्छन्
ऊ मालपोत खुल्ला गर्छ

माटोमा बालुवा खन्याउँन लगाउँछ
जमिनको उर्वरा सिध्याउँछ ।

ऊ निर्मलाहरूको मृत्यु हेर्छ
म निर्मलाको मृत्यु भोग्छु
ऊ साना उद्योगी व्यपारीलाई
गाँस लुटेर कर तिराउँछ
ठूलालाई चुनाव पर्खाउँछ
सोझालाई तर्साउँछ
तर पनि
यो गणतन्त्र मान्दिरहनु पर्छ
हामीले केवल सहने हो
सहिरहनु पर्छ
मानिरहनु पर्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा