
३२ जेठ, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो’ भन्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको भ्रामक र पुर्वाग्रही भनाई विकृत र असन्तुलित मानसिकता रहेको बताएका छन् ।
नेकपाका अध्यक्ष प्रचण्डले शनिबार संसदमा बोलेको उक्त अभिव्यक्तिप्रति अध्यक्ष थापाले आपत्ति जनाउँदै भनेका छन् ‘१७ हजारको शवमा टेकेर बिदेशी स्वार्थमा समर्पित आत्मसमर्पणवादी हुनुको अपराधवोध हो । नेपालको एकिकरण र राष्ट्रिय अखण्डताको रक्षामा राजसंस्थाको महत्वपूर्ण भूमिका ऐतिहासिक सत्य हो ।’
अध्यक्ष थापाले सिंगो राष्ट्र एकढिक्का भएर तथा सबै राष्ट्रिय शक्तिहरुको सहयोग लिएर नेपाली भूमी फिर्ता लिनुपर्ने बेला यस्ता विभाजनकारी सोच प्रत्युत्पादक हुने पनि बताएका छन् । ‘ईतिहासको सामान्य ज्ञान समेत नभएको वा उपेक्षा गर्ने व्यक्ति कसरी पटकपटक प्रधानमन्त्री हुनुभयो । आश्चर्य लाग्छ । प्रचण्डको भनाई प्रति खेद व्यक्त गर्दछु ।’