
३२ जेठ, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मुक्तहुनेको संख्या बढ्दै गईरहेको छ । ४० लाख भन्दा बढिले अहिलेसम्म कोरोना भाइरसलाई पराजित गरिसकेका छन ।
वल्डोमिटरका अनुसार ४० लाख ३२ हजार ५ सय १९ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर घर फर्केका छन ।
शनिबार मात्र विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १ लाख ५ हजार ३ सय ७१ रहेको छ ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख ७५ हजार ९ सय २९ रहेको छ भने संक्रमणबाट ४ लाख ३२ हजार ५ सय १९ जनाको मृत्यु भएको छ ।