back

नक्शा सम्बन्धि विधेयक संशोधनप्रति भारतको असन्तुष्टि

वि.सं.२०७७ जेठ ३२ आइतवार

129 

shares
NTC AD
Global IME AD

सरकारले जेठ ३१ गते (शनिवार) पेश गरेको नक्शा सम्बन्धि संशोधन प्रस्ताव संसदबाट पारित भएपछि भारतले त्यस बारे असन्तुष्टि ब्यक्त गरेको छ ।

नेपालको संघीय संसदको तल्लो सदनमा शनिवार सर्वसम्मतिले संवैधानिक संशोधन पारित गरेको थियो । अन्य दलका अलावा मधेसवादी दल समाजवादी जनता पार्टीले पनि त्यस संशोधन प्रस्तावमा समर्थन जनाएको थियो । मधेसी दलले चाहेको भए संशोधन प्रस्तावको पक्षमा मतदान नगर्न पनि सक्थ्यो तर त्यसो गरेन किन ? धेरैको लागि यो चासोको बिषय बनेको छ ।

संविधानको संशोधित धारा अनुसार लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नयां नक्शामा समाहित गरेर राष्ट्रिय चिन्हमा अंकित गरिएको छ । सरकारको यस कदमबाट सारा नेपाली जनतामा हर्षो उल्लास छाएको छ ।

तर भारतले नेपालको यस कदमप्रति रोष प्रकट गरेको छ । भरतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपाली संसदमा संशोधन प्रस्ताव सर्वसम्मतिले पारित हुने वित्तिकै प्रतिक्रिया दिंदै भनेका थिए ‘यो कृतिम बढोत्तरीको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन र हामी स्वीकार्दैनौं’ । उनले थप्दै भने ‘यसबाट हामी बीच सीमा सम्बन्धि प्रखर मुद्दामा वार्ता गर्ने सहमतिको उलंघन भएको छ ।’

‘हामीले पहिले नै नेपाललाई अवगत गराइसकेका थियौं यदि संशोधन प्रस्तावलाई अघि बढाइयो भने सीमा बारे हामी बीच वार्ता हुने छैन’ प्रवक्ता श्रीवास्तवले भनेका थिए ।

यसअघि २०१५ मा नेपालको संविधान लागू भएपछि त्यस प्रति भारतले असन्तुष्टि पोख्दै आएको छ । जसले गर्दा गत पांच वर्ष देखि दुइ देश बीचको सम्बन्धमा विस्तारै शिथिल्ता आएको थियो । तर शनिवार नक्शा सम्बन्धि संशोधन प्रस्ताव नेपाली संसदबाट पारित भए पछि नेपाल भारत सम्बन्ध अत्यन्तै तल्लो सतहमा झरेको छ ।

भारतले नेपालको ताजा कदम प्रति कस्तो नीति अवलम्बन गर्नेछ त्यो आउंदो दिनहरूमा स्पष्ट होला । यद्यपि नेपालले चीनको उक्साहटमा सीमा सम्बन्धि विवाद खडा गरेको हो भन्ने बुझाइ भारतीय बुद्धिजीवीहरू र उच्च सैनिक अधिकारीहरूको छ ।

२०१५ मा संविधान लागु गर्नु भन्दा अगाडि भारतले विशेष दूत पठाएर त्यसलाइ स्थगित गर्न नेताहरूलाई ठाडै भनेको थियो । तर तत्कालीन नेपाल सरकार र प्रमुख विपक्षी दलहरू नेकपा एमाले र माओवादीले दृढताका साथ नयां संविधान संविधान सभाबाट पारित गरेर लागू गरे । त्यसपछि नेपालले ६ महिना सम्म भारतको अघोषित नाकाबन्दी खेप्नु परेको थियो ।

वि.सं.२०७७ जेठ ३२ आइतवार १३:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एलन मस्कको जीवनबाट हामीले पनि सिक्ने कि ?

एलन मस्कको जीवनबाट हामीले पनि सिक्ने कि ?

काठमाडौँ । समकालीन विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै...

ओखलढुङगा कारागार र घरेलु इलम केन्द्र 

ओखलढुङगा कारागार र घरेलु इलम केन्द्र 

दण्ड अपराधको परिणाम हो।यसको सोझो सम्बन्ध समाजसँग हुन्छ।अपराधविहिन समाजको कल्पना...

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

मिठो चिनी जब चिनी तीतो हुन थाल्छ

डा अरुणा उप्रेती, काठमाडौँ । मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु...

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

नेपाल–अष्ट्रेलिया सम्बन्ध – दुःख पर्दाको साथी

१. विषय–प्रवेश नेपाल र अष्ट्रेलिया बहुआयामिक सम्बन्ध भएका दुई मित्र...