Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

आज काठमाण्डौका तीनसहित ४५१ जनामा कोरोना संक्रमण भएको पुष्टि, संक्रमितको संख्या ६,२११ पुग्यो



१ असार, काठमाण्डौं । नेपालमा आज ४५१ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज ४१६ पुरुष र ३५ महिलामा संक्रमण पुष्टि भएको हो ।

आज पनि सबैभन्दा बढी रौतहट जिल्लाका १०७ जना, दैलेखका ९३ जना, सर्लाहीका २३ जना, मोरङका २१ जना, महोत्तरीका २० जना र सुर्खेतका १९ जना रहेका छन् ।

मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा मोरङकी १ महिला, नारायणी अस्पताल विरगन्जमा गरिएको परीक्षणमा पर्साका १ महिला र ९ पुरुष गरी १० जना, रौतहटका १ पुरुष रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तनहुका ५ जना पुरुष, सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा अछामका ३ पुरुष, कैलालीका १ महिला र १ पुरुष गरी २ जना, डोटीका १ महिला ३ पुरुष गरी ४ जना संक्रमित भेटिएका छन् ।

भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ५ पुरुष, बर्दियाका २ महिला र १४ पुरुष गरी १६ जना, प्युठानका २ महिला र १ पुरुष गरी ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका १ महिला र ४ पुरुष गरी ५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका २० पुरुष र धनुषाका ४ पुरुषमा संक्रमण पृष्टि भएको छ ।

त्यस्तै भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नुवाकोटका २ महिला र १ पुरुष गरी ३ जना, अर्घाखाँचीका ३ पुरुष र चितवनका १ महिला, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका २ पुरुष, रुपन्देहीका ५ पुरुष, कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीका १ महिला र २ पुरुष गरी ३ जना, मोरङका २ महिला र १९ पुरुष गरी २१ जना र झापाका १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ३ महिला र ८५ पुरुष गरी ८८ जना, सुर्खेतका १ महिला र १८ पुरुष गरी १९ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका ४ र काठमाण्डौंका १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ७ महिला र ३६ पुरुष गरी ४३ जना, त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा कैलालीका १ पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा रौतहटका २ महिला र २३ पुरुष गरी २५ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा धादिङका ९ र काठमाण्डौंका १ पुरुष रहेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ललितपुरका १ र काठमाण्डौंका २ महिलामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १३९ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमा बाराका १ पुरुष, गुल्मीका ७ जना पुरुष, कपिलवस्तुका १ पुरुष, महोत्तरीका १० जना पुरुष, पाल्पाका १० जना पुरुष, रौतहटका २ महिला र ७४ पुरुष गरी ७६ जना, रुपन्देहीका २ महिला र ५ पुरुष, सर्लाहीका २३ पुरुष र सिराहाका ४ पुरुष रहेका छन् ।

आज पुष्टि भएका ४५१ जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ६,२११ पुगेको छ । कूल संक्रमित मध्ये ५७४० जना पुरुष र महिला ४७१ जना रहेका छन् । हालसम्म ७३ जिल्लामा संक्रमण पुष्टि भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा