-->
Logo
१७ असार २०७९, शुक्रबार
     Fri Jul 1 2022
E-paper
  English Edition
   Unicode
Logo

सोमाली सेनाको कारबाहीमा १३ जना लडाकूको मृत्यु



२ असार, काठमाडौँ । सोमालियाको राष्ट्रिय सेनाले जुबा प्रान्तको दक्षिणी क्षेत्रमा गरेको भिषण सैन्य कारबाहीमा अल–शबाबका १३ जना लडाकूको मृत्यु भएको छ ।

सोमाली सेनाका प्रवक्ता अलि मोहमदले स्थानीयबासीले दिएको सूचनाका आधारमा सैन्य कारबाही गरिएको बताए । उनले जुबाको अफमाडाओ शहरमा विद्रोही अल–शबाब विरुद्ध सेनाले कारबाही गरेको स्पष्ट गरे ।

प्रवक्ता मोहमदले विद्रोहीबाट सेनाले हातहतियार र गोलाबारुद बरामद गरेको पनि बताए । स्थानीयबासीले बान्का जिरा गाउँमा सेना र अल–शबाबका लडाकूबीच भिडन्त भएको बताएका छन् ।

गत जुन ७ मा सोमाली सेना र अल–शबाबबीच हुदुर नगरमा भएको भिडन्तमा अल–शबाबका ३७ जना लडाकूको ज्यान गएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

बि.के राई, अमेरिका । युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिका (युक्रा) डिएमभिपी (डिसी, मेरिल्याण्ड,

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको