-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपालमा असार ३ सम्मको कोरोना अपडेटः ७,१७७ संक्रमित, ५,९९० जना आइसोलेशनमा र २० जनाको मृत्यु



३ असार, काठमाण्डौं । नेपालमा मंगलबार ( ३ असार ) सम्म र्यापिड र पिसीआर प्रविधि दुवैबाट ३ लाख ८३ हजार ३१५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा दुवै प्रविधिबाट १६ हजार ६१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिएका छन् । मंगलबारको तुलनामा आजको परीक्षण ६,८४३ बढी हो ।

त्यसैगरी आजसम्म पिसीआर प्रविधिबाट १ लाख ४९ हजार ७७२ र आरडिटी प्रविधिबाट २ लाख ३३ हजार ५४३ वटा नमुना परीक्षण गरिएको हो । जसमा पछिल्लो २४ घण्टामा ६०३७ वटा पिसीआर र १० हजार २४वटा र्यापिड परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा ५,९९० जनाको उपचार भइरहेको छ भने रेडजोनमा रहनेको संख्या हालसम्म ५०५ पुगेको छ । साथै आज २ जना रेडजोनामा थपिएका छन् । उनीहरु काठमाण्डौं र नेपालगन्जका रहेका छन् ।
त्यसैगरी हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १ लाख २५ हजार ७९८ रहेको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या ७,१७७ पुगेको छ भने आज निको भएर ९ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १,१६७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै मृतकको संख्या २० रहेको छ ।

आज ५८६ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिए, संक्रमितको संख्या ७,१७७ पुग्यो
नेपालमा आज सबैभन्दा बढी ५८६ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज सबैभन्दा बढी महोत्तरीमा २००, रौतहटमा १२७ जना, बदिर्यामा ३२ जना, धनुषामा २६ जना, गुल्मीमा २६ जना र सल्यानमा २३ जना संक्रमित भेटिएका हुन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उदयपुरका ४ जना पुरुष र सिराहाका १ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएकामा मोरङका ९ पुरुष, झापाका २ पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ४ पुरुष, महोत्तरीका १ महिला र ४ पुरुष, बाराका १ महिला र ६ पुरुष र रौतहटका ११ जना पुरुष रहेका छन् ।

आज ५८६ जना कोरोना संक्रमणका नयाँ विरामी भेटिए, संक्रमितको संख्या ७,१७७ पुग्यो

नारायणी अस्पताल विरगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका ६ जना पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका २ महिला र ८ पुरुष गरी १० जना, महोत्तरीका ६ महिला र १८३ पुरुष गरी १८९ जना, रौतहटका ५ महिला र ३४ पुरुष गरी ३९ जना, रुपन्देहीका ३ जना पुरुष, सर्लाहीका ३ महिला र ३ पुरुष गरी ६ जना र प्युठानका १८ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १ महिलाको मृत्यु भएको पुष्टि

त्यसैगरी भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ पुरुष, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषाका २ महिला र २० पुरुष गरी २२ जना र र्रौतहटका ४ महिला र ७३ पुरुष गरी ७७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा कैलालीका १ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा पर्वतका १ महिला र २ पुरुष गरी ३ जना, नवलपरासी पुर्वका १७ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ महिला र २४ पुरुष गरी २६ जना, प्युठानका १ महिला र १९ पुरुष गरी २० जना, रुपन्देहीका २ महिला र २ पुरुष गरी ४ जना र अर्घाखाँचीका १ महिला र ८ पुरुष गरी ९ जनामा संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १ महिला, बर्दियाका १ महिला र ३० पुरुष गरी ३२ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका १ महिला र ६ पुरुष गरी ७ जना, सल्यानका १ महिला र २२ पुरुष गरी २३ जना, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका २ र दैलेखका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका २ महिला र १२ पुरुष गरी १४ जना, सेति प्रादेशिक अस्पताल कैलालीमा गरिएको परीक्षणमा कन्चनपुरका १ महिला र ६ पुरुष गरी ७ जनामा संक्रमण पुष्टि भएको छ ।

आज जम्मा ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ४० महिला र पुरुष ५४६ जना रहेका छन् । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७,१७७ पुगेको छ । जसमा पुरुष ६,६३८ जना र महिला ५३९ रहेका छन् । संक्रमित भेटिएका जिल्ला ७३ रहेका छन् ।

आज ९ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या १,१६७ पुग्यो
नेपालमा आज कोरोना संक्रमणबाट निको भएर ९ जना अस्पतालबाट डिस्स्चार्ज भएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार आज ९ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।

आज नौ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या १,१६७ पुग्यो


जसमा महेन्द्र गेनाई अस्पताल सिराहाबाट ६ जना, नारायणी अस्पताल विरगन्जबाट रौतहटका २ जना र पर्साका १ जना गरी जम्मा ९ जना संक्रमित निको भएर घर फर्किएका हुन् ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ११६७ पुगेको छ । जसमा ११२ जना महिला र १,०५५ जना पुरुष रहेका छन् ।

कोरोना संक्रमणबाट बाँकेकी एक महिलाको मृत्यु
बाँकेकी १ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । सोमबार मृत्यु भएकी बाँके बैजनाथ गाउँपालिकाका वडा नम्बर ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेमा सोमबार उपचारका क्रममा मृत्यु भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार मिर्गौलाको समस्या देखिएपछि जेठ ३० गते अस्पतालमा उपचार गराउन आएकी उनको असार १ गते कोरोना संक्रमणको परीक्षणका लागि श्वाव कलेक्सन गरेर भेरी अस्पतालको प्रयोगशालमा पठाइएको थियो ।

क्वारेन्टिनमै एक पुरुषद्धारा आत्महत्या, नगरप्रमुख भन्छन्–‘आत्महत्याको कारण क्वारेन्टिन होइन’

परीक्षणको नतिजा नआउँदै उनको असार १ गते बेलुका ६ बजे मृत्यु भएको हो । असार २ गते आएको नतिजाको रिर्पोटमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । जसमा २ महिला, १ बालिका र १७ पुरुष रहेका छन् ।

नेपालमा झण्डै १ लाख ४४ हजार पिसीआर परीक्षण, ६,५९१ जना संक्रमित, आइसोलेशनमा ५,५३१ र १९ जनाको मृत्यु


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं