Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

गण्डकी प्रदेशमा आज थपिए ४२ जना कोरोना संक्रमित, संक्रमितको संख्या २८९ पुग्यो



४ असार, काठमाण्डौं । गण्डकी प्रदेशमा बिहिबार बिहानै ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज नवलपरासी (वर्दघाट सुस्ता पुर्व) को मध्यविन्दु नगरपालिकामा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा २१,३५,३२,१८,३२,४५,३४, ४३,२८,१९,२०,१७,४०,३० र ३९ वर्षीय र उमेर नखुलेका २ पुरुष रहेका छन् । साथै गैडाकोट नगरपालिकामा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी तनहुँको ऋषिङ गाउँपालिकामा ४०, ३१, २०,२३,२४,२७ र २१ वर्षीय ७ जना पुरुष, शुक्ला गण्डकी नगरपालिकामा १८ वर्षीया पुरुष र भानु नगरपालिकामा २२, ४२,४० र ५२ वर्षीय ४ जना पुरुषमा पनि संक्रमण पृष्टि भएको छ ।

त्यसैगरी आज नयाँ जिल्लाको रुपमा मनाङ थपिएको छ । यो सँगै कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या ७४ पुगेको छ । मनाङको चामे गाउँपलिकामा कार्यरत ललितपुर बाढगंगा १४ का १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । उनी कर्मचारी रहेको बताइएको छ ।

त्यस्तै गोरखाको पालुङटार नगरपालिकामा १ महिला र ५ पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु ४६, ४५, ४३, २८,२३ र ४१ वर्षीय उमेर समुहका रहेका छन् । साथै शहिद लखन थापा गाउँपालिकामा पनि ५४, ३१, ३८ र २७ वर्षीय ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

मनाङका बाहेक अन्य सबै संक्रकित भारतबाट फर्किएका हुन् र उनीहरु सम्बन्धीत जिल्लाको क्वारेन्टिनमा बसेकाहरु रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफु र नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा