Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

हल्लाको भरमा एमसीसी सम्झौताको विरोध, पढेको मान्छे मैले त्यति भेटिन –प्रधानमन्त्री



४ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता पढ्दै नपढी हल्लाको पछि विरोध गरिएको बताएका छन् ।

संघीय संसद राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले एमसीसी सम्झौताबारे नपढी हल्ला चलाइएको बताउँदै खोजेर ल्याएर पढ्न सुझाव दिए ।

सम्झौतामा कहिँ पनि अमेरिकी सेना नेपालमा आउने भन्ने उल्लेख नभएको भन्दै उनले आश्चर्यको भावमा भने ‘लहैलहैमा लौ अमेरिकी सेना आउने भयो, कहाँ पढ्छन्, के पढ्छन् ? अचम्म लाग्छ ।’

‘अहिले केही केहीहरुले हल्ला चलाएका छन् । पढ्न अल्छी लाग्छ कि के हो ? एमसीसी पढेको मान्छे मैले त्यति भेटिनँ । एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ’ प्रधानमन्त्रीको सुझाव छ ।

एमसीसी सम्झौताको बचाऊ गर्दै प्रधानमन्त्रीले भने, ‘त्यसमा (एमसीसीमा) प्रबन्ध छ, त्यो प्रबन्ध पढेर त्यो प्रबन्धमा ठीक बेठीक यहाँ यहाँ छ भन्नु एउटा कुरा हो ।’

प्रधानमन्त्री ओलीले देशको विकास हुन लागेकोमा चिन्ता लागेको हो ? भनी आलोचकलाई प्रश्न गरे । उनले भने, ‘कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता ? कि यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता ?’

राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रिय योजना आयोगको बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री ओली बैठकमा उपस्थित भएका थिए ।

एमसीसीका कारण नेकपाभित्रै विवाद रहेको छ । केही नेताहरुले एमसीसीले नेपालको सार्वभौमिकता संकटमा पार्ने बताउँदै आएका छन् । त्यस्तै एमसीसी अध्ययन गर्न बनेको सम्झौतामा उल्लेख केही बुँदाहरु परिमार्जन नगरी पारित नगर्न सुझाव दिएको छ ।
नेकपाभित्र यसबारे छलफल गर्न भन्दै दुईपटक बैठक बोलाइ पनि दुई पटकनै बैठक बस्न नपाई स्थगित गरिएको छ । पटकपटक बैठक स्थगित हुँदा प्रधानमन्त्रीले यसबारे छलफल गर्न नचाहेको आशंका नेकपाभित्रै रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा