
४ असार, बुटवल । बुटवलमा एमसीसी विरुद्ध नागरिक अभियान बुटवलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पूर्ण खारेजीको माग गर्दै प्रदर्शन गरेको छ।
बुटवलको हस्पिटल लाइनमा प्रदर्शन गरिएको राष्ट्रघाती एमसीसी विरुद्ध नागरिक आन्दोलन राष्ट्रवादी नाराहरुसहित कोणसभामा परिणत भएको थियो। उक्त कार्यक्रममा सम्बोधन गर्दै पूर्वसभासद् विनोद पहाडीले प्रचण्ड, प्रधानमन्त्री,मन्त्री, सांसद, कसैलाई पनि देशभित्रै शरणार्थीका रुपमा देख्न नपरोस देशको वित्तिय प्रणाली, सुरक्षा नीति पराधीन भएको हेर्नु नपरोस् यसतर्फ सम्बन्धित हरूको बेलैमा ध्यान पुगोस भन्ने धारणा व्यक्त गरेका थिए ।
यसैगरी नागरिक अभियान्ता पदम कार्कीले राष्ट्रियताका विरुद्ध नलाग्न आग्रह गरे । कार्यक्रममा युवावक्ता पूर्णचन्द्र भट्टराई, सुरजन तिवारी लगायतले एमसीसी खारेजी हुनुपर्ने धारणा राखेका थिए ।
यो अभियान एमसीसी पूर्णतः खारेजी नभएसम्म नरोकिने घोषणा सहित असार ८ गते पुनः विरोध प्रदर्शन गर्ने निर्णय भएको छ। अभियानलाई निरन्तरता दिन सम्पुर्ण देशभक्त हरुलाई आह्वान गर्दै कोण सभालाई समापन गरिएको थियो।