-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

२० सैनिकको मृत्यु भएको खबर गलत, भारतीय सेनातर्फ कुनै क्षति भएको छैन-भारतीय सेना



५ असार, नयाँदिल्ली । भारतीय सेना र चिनियाँ सेनाका बीचमा भएको भनिएको भिडन्तका क्रममा भारतीय सेनातर्फ कुनै क्षति नभएको भारतीय सेनाले जनाएको छ ।

केही दिन अगाडि भएको भनिएको भिडन्तका क्रममा केही भारतीय सैनिकहरुको मृत्यु भएको भनिएको विषयमा भारतीय सेनाले बिहीबार स्पष्ट पार्दै आफ्नोतर्फ कुनै क्षति नभएको जानकारी दिएको हो ।

यही जुन १५ र १६ तारिखमा लदाखको गाल्वान उपत्यकामा दुई देशका सैनिकहरुका बीचमा भिडन्त भएको र भारततर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको समाचार आएको थियो ।

भारतीय सेनाद्वारा जारी वक्तव्यमा लेखिएको छ, “न्युयोर्क टाइम्सले यही जुन १७ तारिखका दिन चीन र भारतबीचमा झडप भएको र केही भारतीय सैनिकहरुको मृत्यु भएको भनेर समाचार लेखिएपनि भारतीय सेनामा कुनै क्षति नभएको स्पष्ट पार्न चाहन्छौँ ।”

समाचारमा झडपका क्रममा कर्णेल तहका सैन्य अधिकारीसहित भारतीण् सैनिकतर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको उल्लेख गरिएको थियो । एएनआई

फाइल तस्विर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ