
५ असार, काठमाडौं । तपाई हामीले सुनेको र देखेकै पनि छौं, कोरोना भाईरसको संक्रमणका कारण मृत्यु भएकाहरुको अवस्था कस्तो हुन्छ । नेपालका अधिकांस ठाउँमा कोरोनाका कारण मृत्यु भएकाहरुको सब व्यवस्थापन गर्ने कुरा त परै जावस छेउमा जान पनि मानिसहरु घृणाको नजरले हेर्ने गर्छन । तर कहिं कहि त त्यस्ता भाग्यमानी पनि हुँदा रहेछन जसले मृत्य पछि पनि सम्मान पाउँछन ।
यस्तै घटना नेपालगञ्जमा भएकोे छ । घटना विवरण अनुसार नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएकी कैलालीकी कोरोना सङक्रमित महिलाको शव बर्दियाको मानखोलास्थित ढकेरी जङ्गलमा व्यवस्थापन गर्दा नेपाली सेनाको टोलीले सम्मान स्वरुप सलामी दिएको छ । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ र नेपाली सेनाका कर्णेल नकुल थापा पनि सहभागि भएका थिए ।
तस्वीरः मेनका चौधरी/ रासस