Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कविताः प्रिय दुश्मन !



प्रिय दुश्मन !
तिमी ज्युँदै छौ र त म बाँचिरहेको छु
म बाँचिरहेको छु र त तिमीले खुरापातीसङ्गै
मेरै कुरा काट्ने काम पाएका छौ–अहिलेसम्म ।

प्रिय दुश्मन !
तिमीले मेरो जिन्दगीको मुल बाटोमा
सके भीषण बाढी पसे हुन्थ्यो
भीषण पहिरो खसे हुन्थ्यो
नभए भाँसिएरै बसे पनि त हुन्थ्यो नि ! भन्छौ ।

तिमीले मेरो जिन्दगीको उन्मुक्त आकाश
सके फुत्त खसे हुन्थ्यो
नभए खुम्चिएर साँघुरिदै बसे पनि त हुन्थ्यो नि ! भन्छौ ।

तिमीले मेरो जिन्दगीको कर्णाली
सके टक्क रोकिए हुन्थ्यो
नभए उल्टै भए पनि बगिदिए त हुन्थ्यो नि ! भन्छौ ।

तिमीले मेरो जिन्दगीको हावा
सके झ्याप्पै खुस्किएर गइदिए हुन्थ्यो
नभए आँधी हुरी मात्रै भए पनि भइदिए त हुन्थ्यो नि ! भन्छौ ।

तिमीले मेरो जिन्दगीको उज्यालो घाम
सके सधैंका लागि अस्ताइदिए हुन्थ्यो
नभए बादल मात्रै लागेर भए पनि
छेकिदिए त हुन्थ्यो नि ! भन्छौ ।

प्रिय दुश्मन !
तिमी निकै नजिकको साथी हौ मेरो
र त प्रिय दुश्मन भएका छौ–अहिलेसम्म ।

प्रिय दुश्मन !
तिमी बाहिरबाट हेर्दा साथीजस्तै देखिन्छौ
भित्रैबाट बुझेपछि बल्ल थाहा हुन्छ
तिमी मेरो कस्तो दुश्मन हौ भनेर ।

प्रिय दुश्मन !
तिमीले मलाई छिर्के हानेरै लडाउन खोजिरहेका हुन्छौ
र त म झन् बलियो धरातलमा उभिने कोशिश गरिरहेको हुन्छु ।

प्रिय दुश्मन !
म प्रतिको तिम्रो दुश्मनी
सफलताको संबाहक हो मेरालागि
त्यसैले हाम्रो दुश्मनी सदावहार रहिरहोस ।

प्रिय दुश्मन !
तिम्रैलागि भनेर मैले के गरे अहिलेसम्म ?
त्यो त मलाई थाहा छैन
तर, धेरै दुःख गरेका छौ
धेरै कष्ट सहेका छौ
मेरैलागि तिमीले …!

जस्तो कि–मेरोबारेमा राम्रो कुरा
सकेसम्म सुन्नै नपरे त हुन्थ्यो नि ! भन्ने सोचिदिन्छौ÷ सोच्नुपर्छ ।
सुन्नैपर्ने अवस्था आयो भने
दुवै कान थुनेर बसिदिन्छौ÷बस्नुपर्छ ।

मैले गरेको उन्नति ÷प्रगति
सकेसम्म देख्नै नपरे त हुन्थ्यो नि ! भन्ने सोचिदिन्छौ÷सोच्नुपर्छ ।
देख्नैपर्ने अवस्था आयो भने
दुवै आँखा चिम्लेर बसिदिन्छौ÷बस्नुपर्छ ।

मेरो बारेमा बोल्न र लेख्न
सकेसम्म पर्दै नपरे त हुन्थ्यो नि ! भन्ने सोचिदिन्छौ÷सोच्नुपर्छ ।
बोल्नैपर्ने÷लेख्नैपर्ने जस्तो अफ्ठ्यारो अवस्था आयो भने
हुँदै नभएको मात्रै होइन
बोल्नै नहुने कुरा बोलिदिन्छौ÷बोल्नुपर्छ ।
लेख्नै नहुने कुरा लेखिदिन्छौ÷लेख्नुपर्छ ।
सोच्नै नहुने कुरा सोचिदिन्छौ÷सोच्नुपर्छ ।

प्रिय दुश्मन !
त्यसैले त तिमीलाई
कत्ति धेरै गाह्रो छ है ?

प्रिय दुश्मन !
कलङ्कित कुपात्र नै हौ त भन्दिन मैले
निकै नजिकको मित्रको नाममा
तर सहृदयी सिर्जनशील साथीभित्रै
कस्तो खतरनाक विषालु सर्प
लुकेर बस्न सक्दोरहेछ भन्ने
तीतो तर सत्य कुराको
सबैभन्दा बलियो प्रमाण हौ तिमी ।

प्रिय दुश्मन !
म बुझ्छु नि
तिम्रो बाध्यता ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा