
१.
कोमल मुटु छियाँ
घुमाएर तिर छोड्यौ
औषधि बिहिन यी घाउ !!
२
लेख्दा मसी सकियो
भावी पनि अलमल
कर्मले फलेको यो सुख !!
३
जन्मेर मर्नु पर्छ
अमृत नै पिए पनि
सृष्टि र प्रकृतिको नीति !!
४
आगो लगाई सुस्त
तमासा हेर्यौ रमेर
जलको मुहान सुकाई
५
गगन छुने लक्ष्य
वायुमण्डल स्वर्ग भो
दृश्य सजाएँ यो मुटुमा !!