
दुईटै छिमेकी बिचमा लडाई चल्दैछ हेर,
मारा-मारी को ज्वाला समेत बल्दैछ हेर ।
मान्छे मान्छे बिच तना तनी भएपछी ता,
मानवता बिचको श्रृँखलापनि ढल्दैछ हेर ।
निभ्दैन दुश्मनीमा बोलेक आगो कहिले,
मन मोटुवा त झनपछि झन फल्दैछ हेर ।
मरेकाछन बिचरा गरिबकै छोराहरु लडी,
गोलीलाई छातीले ढाल बनेर छल्दैछ हेर ।
मानिस मानिस बिचमा ठुलो अहँकार ले,
मानवता आज कर्कलो जस्तै गल्दैछ हेर ।