
१.
मुस्कान बेच्नेहरू
चन्द्रमालाई हेर्दछन्
औँसी आउने दिन गन्दै ।
२
ठुलो बन्नु परेन
नामी बन्नु पनि छैन
सबैको हित गर्न सकूँ ।
३
पारि बसेर तिमी
पहाड र खोँच हेर्छौ
त्यसैले म पछ्यौरी ओढ्छु ।
४
घाम पारिलै राम्रो
चाहे दिलमा उदाओस्
चाहे धरतीमा उदाओस् ।
५
मूलमा विष रोपी
स्वच्छ पानी खोज्ने हामी
धन्य हो नेपाली जनता ।