-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

कविताः विगतको जस्तो छैनःअसार यो !!



विश्वास गुमेको समय
समय गुमेको विश्वास
भयप्रद हुन्छ जीवनमा
ब्रह्मा,चिर आनन्द सुतेको समय
बिष्णु,साप शिरको शीतलमा
सुतेको समय
शिव कम्पन छुटेको छ
जटा हल्लाएर चारैतिर
कोरोना कहरमा
कहालीलाग्दो कुत्कुती
जन्मेको छ–मान्छे कति बेला मर्छ ??
असार त हुन्थ्यो उत्सवको
प्यारको
प्रणयको
हिलोमा हिलो मुछेर
दालभतझैँ
लाठे दौडन्थे फ्याउरी हातले
दाँदे पयरले
रोपार पछ्याउँथे हतारमा
छुप्छुपाउँदै हिलोमा
हरिया विउसँगै
इन्द्रेणी पछ्यौरी ओढेर
हर्षले प्रेमको खेती चल्थ्यो
प्रणयको खेती चल्थ्यो
मानवताको खेती चल्थ्यो
खेतहरूमा
बारीहरूमा
तर बिडम्बना
ऐले लुकेका छन् जम्मै भयमा
निराशा, त्रासमा
असारको झम्झमे झरीमा
ताप चुहेको छ
राप बलेको छ
हिलोमा बाउसे झर्छ–कोरोना
मुठीमा बीउ जन्मन्छ–कोरोना
परीका प्यारमा मुस्कन्छ–कोरोना
लाठेका फ्याउरीमा हल्लन्छ–कोरोना
ब्याडका बीउ काढ्ने
पिरुकामा ओच्छिएको छ–कोरोना
ओ,मित्रहरू !
साँच्चै हो
सही हो
गत सालजस्तो छैन
अहिलेको असार !!!


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा