
पत्रकार महोदय एउटा यस्तो समचार लेख्नुहोस्
दलालबाट भैरहेको छोरीको व्यापार लेख्नुहोस्
डर धम्की दिन सक्छन् हजुरलाई कुनै माध्यमबाटै
निर्धक्क भएर केही नछोडी लगातार लेख्नुहोस्
देशमा के हुदैछ के गर्न लागिरहेको छन् सबै कुरा
अगाडी पृष्ठभूमिमा भरिने गरि चिरफार लेख्नुहोस्
घुस खोरी भष्ट्राचारी दिन–दिनै बढिरहेको बेलामा
सबैले बुझ्ने गरी अब केही न केही सार लेख्नुहोस्
सिमानामा गाडिएको जंगे पिल्लरहरू छ बचाउनु
बोक्नु पर्ने कति छ हामीले देशको भार लेख्नुहोस्
ओम सतिया गा.पा. २ पड्सरी,भैरहवा, रुपन्देही