back

घायलका पाँच मुक्तक

वि.सं.२०७७ असार ६ शनिवार

174 

shares
NTC AD
Global IME AD

१.
फल्नुस् निफन्नुस् यो ज्यानलाई हजुरकै काम आउँछ
पत्याउनुस् ! अधकल्चो बैँसमा न जून न घाम आउँछ
सुरक्षित राख्नुस् आफूलाई सधैं बलियो पटुकी कस्नुस्,
जोगिनु आफै फरिया लिएर अब!कृष्ण न त राम आउँछ ।

२.
कोही आउँछन् हाम्रो अस्तित्व गिजोलेर जान्छन्
हामीले देख्ने गरेको मिठो सपना बिथोलेर जान्छन्
सरकारले कुम्भकर्ण निद्राको अभिनय गर्न थालेपछि,
आउँछन् छिमेकी निर्धक्क बाटो छिचोलेर जान्छन् ।।

३.
यी आँखाको नानीभित्र तिमीलाई लुकाइ राख्थें
चुडिन्छ कि रुपको धागो कसि कसि मुटु बान्थें
तिमीलाई लाग्थ्यो चोट मलाई एैया एैया हुन्थ्यो,
उछिट्टियो कि मुटुभनि आफ्नो छाती आफै छाम्थे ।

४.
साँध–सिमानामा किचलो गर्ने दुष्ट सँधियारमा पर्छन्
सडक र सदनमा गर्जनेहरु तिनकै मतियारमा पर्छन्
अछुतो रहेनन् कोही सदन र सड्क तताउने दलहरू,
सत्तापक्ष न प्रतिपक्ष भ्रष्टाचारको अंशियारमा पर्छन् ।

५.
कस्तो लाग्यो प्यार तिम्लाइ आगो हो कि पानी
मनभरी माया दिउँ कि जलाइ मुटु दिउँ खरानी
यो दिलभित्र माया रोप्छु सत्य वचन बोलिदिन्छु
कर्कलाको शीत पो रैछ तिम्रो हाम्रो यो जवानी ।

वि.सं.२०७७ असार ६ शनिवार ०९:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

गजल- १ डा. घनश्याम परिश्रमी आवाज आज मनको सुनेनौ तिमीले...

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

राप्ती साहित्य परिषद् दाङको अध्यक्षमा यम रेग्मी

दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको १६ औं वार्षिक...

कविता : अनादर नगरौँ

कविता : अनादर नगरौँ

पौडेल विमुन्स, कास्की आफैंले दिनरात जप्न सकियो मन्त्रादि नानाथरि जप्दा...

टुक्का कविताहरू

टुक्का कविताहरू

ईन्दु श्रेष्ठ,चितवन १. जीवनमा मोक्ष पाउन गर्नु पर्छ कर्म दीन...

कविता : अखण्ड ज्योति

कविता : अखण्ड ज्योति

कलानिधि दाहाल, काठमाडौं धप्प धप्प बलेको छ कतै धप्धपाएर अखण्ड...

सुसेली : फागु विशेष

सुसेली : फागु विशेष

माधवलाल श्रेष्ठ नाला, काभ्रेपलाञ्चोक १ फागु पूर्णिमा सबै मिलि रमाऔ...