
कसैसँग अधिन मा नरहेको वतन हाम्रो हो
वैरिको सामु कहिलै नझुक्ने गर्धन हाम्रो हो
सरणलाई मरण गर्दैन कहिले नेपाली ले हेर
धर्तीझै बिसाल छाति, आकाश मन हाम्रो हो
ईटको जवाफ पत्थरले दिन हाम्लाई आउछ
घृणाको जवाफ माया ले दिने चलन हाम्रो हो
न दक्षिणी सेना उत्तर न उत्तरी सेना दक्षिण
हाम्रो भूमि प्रयोग गर्न नदिने वचन हाम्रो हो
शक्तिको आडमा कब्जागर्ने दुस्साहस नगर
लिम्पया, लिपु, कालापानीको गगन हाम्रो हो
हाल- इजरायल