-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

शुसांत राजपुतको एक फ्यानद्वारा आत्महत्या



६ असार । बलिउड अभिनेता शुसांत सिंह राजपुतको आत्महत्याको खबरबाट दुखित एक फ्यानले आत्महत्या गरेकी छन् ।
सुसान्तलाई गुमाउँनुको पीडा सहन नसक्ने भन्दै आत्महत्या गरेको खबर छ ।

२१ वर्षीय ती महिला शुसांतको आत्महत्याको खबर सुनेर अत्यन्त दुखिद् बनेकी उनले विशखापाटन स्थित आफ्नो निवासमा आत्महत्या गरेको भारतीय संचारमाध्यम टाइम्सअफ इण्डियाले जनाएको छ ।

परिवारका अन्य सदस्यसमेत घरमै भएको बेला उनले आत्महत्या गरेकी हुन् । समाचारमा जनाइ अनुसार ‘उनी आफ्नो कोठामा गइन् र ढोका बन्द गरिन् । ’ उनको परिवारले सिलिङमा झुण्डिरहेको देखेका थिए । मध्य परिवारकी उनी एक नीजि विद्यालयको शिक्षिका थिइन् । उनको पिता सिलाइको काम गर्दथे । समाचारका अनुसार उनी लगातार शुसांतको भिडियो हेर्ने गरेको र डिप्रेसनमा गएकी थिइन् ।

आफ्नै क्षमताले बलिउड क्षेत्रमा उदाएका अभिनेता शुसांतको आत्महत्याको दुखलाई खासगरी युवा पुस्ताले बिर्सन सकेका छैनन् ।

यसअघि पनि एक चौध वर्षीय बालकले शुसातको मृत्यु खबर सुनेर आत्महत्या गरेका थिए भने भाउजु नाता पर्ने एक महिला पनि शुसांतको आत्महत्याको खबर सुनेर हृदयघात भएको र उनको मृत्यु भएको थियो ।

शुसान्तको मृत्युको खबर सुनेर १४ वर्षीय किशोरले गरे आत्महत्या


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस