Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

निराशाका बिचमा पनि आशाबादी नै बनौँ



नेताहरु चिल्लागाडीमा र युवाहरु खाडीमा श्रम गरिरहेका छन् । स्वदेशमा उत्पादित तरकारी खाल्डो खनी गाडिएको छ । यहीँ परिस्थितिका कारण प्रत्येक युवा र शिक्षित वर्गको सपना जापान, कोरिया, अमेरिका, बेलायत, चीन, जर्मनी र पोर्चुगल लगायत बनेको छ ।

म नत कुनै नेता हुँ, न त कुनै कर्मचारी नै । म डाक्टर, इन्जिनियर, नर्स, वकिल, पाइलट, पत्रकार, शिक्षक, ठेकेदार केही पनि होइन् । अहिलेसम्म कुनै विषयमा पिएचडी गरिसकेकी पनि छैन । तैपनि यी सबै विषयबारे मसँग ज्ञान छ र क्षमता छ । पढेर भन्दापनि परेर र गरेर धेरै कुरा सिक्दै छु । मैले यी सबै पेसाहरुका कर्म कुशलतापुर्वक गरिरहेकी छु र सम्हालिरहेकी छु ।

मलाई देशको स्थिति देखेर वाक्क लागिसक्यो । जतासुकै भ्रष्टाचार मात्रै । करोडौँ  जनता भएको देशमा ईमान्दार अनि असल मान्छे त औंलामा भाँचेर गन्न सकिने । कालो धन्दा गर्ने अगाडि बढ्दैछ तर राम्रो गर्छु भन्नेले धोका मात्रै पाएका छन् ।

हाम्रो देशमा प्राकृतिक स्रोत साधन प्रर्याप्त छन् । जल, जडिबुटी, वन, वन्यजन्तु, हावापानी लगायत हामीसँग थुप्रै सम्पत्ति छन् । बिडम्बना नै मान्नुपर्दछ कुनै चिजको सदुपयोग भने हुनसकेको छैन ।

हिजोआज देशमा कोरोनाको सङ्क्रमण बढ्दो छ । जनता अनिकालमा परेका छन् । विदेशमा युवाहरुको अवस्था दयनीय छ । महिला तथा किशोरीहरु दिनानुदिन बलात्कृत भैरहेका छन् । सिमा अतिक्रमणको विषयले रास्ट्रको स्वतन्त्रता र स्वाधीनताका लागि लडेका वीरहरुको शिर झुकाइदिएको छ । हरेक सच्चा देशभक्तहरुको मन पोलिरहेको छ, आत्मा रोइरहेको छ । जातीय आधारमा र प्रेमका नाममा निर्दाेष युवाहरु मारिएका छन् । विदेशीभुमिमा नेपालीहरु भोकभोकै मरिरहेका छन् । कर्णालीमा बाटो पुगेको छैन । जनताहरुमा चेतना बिस्तार गर्न खोजिएको छैन, शिक्षा पुगेको छैन । किसानको सम्मान हुँदैन । उनिहरुलाई प्रोत्साहन गरिदैन । नेताहरु चिल्लागाडीमा र युवाहरु खाडीमा श्रम गरिरहेका छन् । स्वदेशमा उत्पादित तरकारी खाल्डो खनी गाडिएको छ । यहीँ परिस्थितिका कारण प्रत्येक युवा र शिक्षित वर्गको सपना जापान, कोरिया, अमेरिका, बेलायत, चीन, जर्मनी र पोर्चुगल लगायत बनेको छ । स्वदेशमै बसेर केही गर्छु भन्ने नेपाली कमै छन् ।

मेरो देशका भ्रष्ट नेता र कार्यकर्ताको विलासी जीवनशैलीबाट म कदापि प्रभावित छैन । चोरेको र लुटेको धनले काठमाडौंमा महल ठडाउने र चिल्लो कारमा घुम्ने सपना मेरो छैन ।

हाम्रो देशमा प्राकृतिक स्रोत साधन प्रर्याप्त छन् । जल, जडिबुटी, वन, वन्यजन्तु , हावापानी लगायत हामीसँग थुप्रै सम्पत्ति छन् । बिडम्बना नै मान्नुपर्दछ कुनै चिजको सदुपयोग भने हुनसकेको छैन । २,४ वटा भाषणको भरमा जनताको मन जितेर निर्वाचनमा सफल नेताहरु संसदमा झुलिरहेका छन् । सबै आर्थिक गतिविधि भ्रष्टतातर्फ उन्मुख छन् । वातावरणीय प्रदुषणका कारण सुन्दर प्रकृति विनाश हुँदैँछ । हाम्रो पहिचानबोध गराउने सम्पूर्ण सामाजिक परिवेशले अन्धविश्वासको उपनाम पाउन थालेको छ । विदेशी संस्कृतिले फराकिलो रुप धारण गरेको छ ।
हामीले प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्रबारे धेरै कहानी सुनियो। देशमा संघीयता आयो । स्थानीय, प्रदेश र केन्द्रिय सरकार बने । तर जे जे आएपनि नेपालीले जे अपेक्षा सरकारबाट गरेका थिए त्यो केही पाउन सकेनन् । आधारभूत शिक्षा हासिल नगरेको व्यक्तिमन्त्री बनेको छ, पहुँचमा छ तर शिक्षित युवाहरु बेरोजगार छन, गरिब छन् । हजारको काममा लाख खान खोज्ने, लाखौंको योजनामा करोड हेर्ने र करोडको योजनामा करोडौं खाने बुद्धिजीवी यत्रतत्र सर्वत्र छन् ।

यतिबेला मलाई संविधानका धारा र उपधारा घोक्न जरुरी छैन । कानुनको विषयमा विज्ञ बन्नु पनि छैन । मलाई कुनै विश्वविद्यालयको विधावारिधिको सर्टिफिकेट पनि चाहि हालेको होइन । सरकारी कार्यालयका भित्तामा सिमित पारदर्शिताका बारेमा लेखिएका पोष्टर पढ्न म आवश्यक ठान्दिन पनि । किताबका सबै अक्षर घोकेर उत्कृष्टबन्नु पनि छैन । मेरो देशका भ्रष्ट नेता र कार्यकर्ताको विलासी जीवनशैलीबाट म कदापि प्रभावित छैन । चोरेको र लुटेको धनले काठमाडौंमा महल ठडाउने र चिल्लो कारमा घुम्ने सपना मेरो छैन । मलाई चाहिने प्राय सबै व्यवहारिक कुरा आमा, बुबा, गुरु र समाजबाट सिकिरहेकी छु । मेरो लागि पहिलो प्रेरक आदरणीय सहिद मेरो भिनाजु हो । उहाँबाट मैले रास्ट्रभक्तिका प्रत्येक गाथा कण्ठ पारेकी छु ।

म त एउटा नेपाली नारी हु । देशप्रेमको भावना प्रशस्त छ । सके राष्ट्र नसके समाजका लागि केही गर्ने अठोट मेरो छ । आशा गरौं, देशभक्तिको भावना पुनर्जिवित गराउन बलभद्र र भक्ति थापा, सिमा रक्षा गर्न पृथ्वीनारायण शाह, चेतना र शान्ति जोगाउन गौतम बुद्ध, राजनीति चोखो बनाउन पुष्पलाल, मदन भण्डारी, कृष्ण सेन र विपी तथा महिला हिंसा रोक्न चन्द्र शमशेर आउने छन् । पुँजीवाद, दलाल, विचौलिया, शोषक अब रहने छैनन् । म, हामी सबै मिलेर हिमाल, पहाड र तराईका विशेषता अनुसारका सपना निर्माण गर्ने छौं र साकार पार्ने छौं ।
होरीजन गौतम बुद्ध स्कुल, बुटवल


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा