Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाको साधारणसभा सम्पन्न



६ असार, अमेरिका । युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाले यस वर्षको साकेला कोभिड–१९ को कारण स्थगीत गरेपनि वार्षिक साधारणसभा भर्चुएल माध्यम (जुम) द्वारा सम्पन्न गरेको छ ।

केन्द्रीय सभापति मुना राईको सभापतित्वमा सम्पन्न सभामा बिभिन्न वक्ताहरुले संस्थाको गतिविधि र संस्थाले आगामी दिनमा खेल्नुपर्ने भूमिका सम्बन्धमा आ–आफ्नो मन्तब्य व्यक्त गरेका थिए ।

प्रमुखअतिथि जनजाति महासंघ फिफ्नाका सभापति लोक चेम्जोङ्गले अमेरिकामा बस्ने आदिवासी जनजातिहरुले आफ्नो चासो र सरोकारको नेपालको बिषय उठाउनु पर्ने कुरा बताए । उनले मृत संस्कृत भाषा नेपालको बिद्यालयमा पढाउने सरकारी निर्णयले अन्य मातृ भाषाका बिद्यार्थीहरुलाई अन्याय हुने कुरा बताए । उनले १ भाषाका लागि सरकारी कोष खर्च गर्ने र अन्य भाषाको वृद्धि विकासका बजेट नदिने भेदभाव पूर्ण निर्णयको बिरोध गरेका थिए ।

त्यसैगरी बोर्ड सल्लाहकारहरुमा शिब कुमार राईले अर्गनाइजेसनको अन्य संघ संस्थाहरु संगको सम्बन्धका विषयमा, धौल बीर राईले संस्थाले संस्कृति जगेर्ना सम्बन्धमा खेल्नु पर्ने भूमिकाका बारेमा, बिष्णु राईले युवाहरुमा संस्थाको महत्वको बारेमा, चुना राईले संस्थाले सदस्यता र आर्थिक पक्ष सम्बन्धमा खेल्नु पर्ने भूमिकाका बारेमा, मिलन राईले अमेरिकामा संस्थाको बिस्तारीकरणका सम्बन्धमा, प्रभाकर राईले संस्थाको भविस्य र चुनौतीका विषयमा, तेज राईले संस्थाको बिगत र वर्तमानका बारेमा, श्यामा राईले संस्थामा महिलाहरुको भूमिका र सुरेश चाम्लिङ्गले संस्था र राजनीतिको सम्बन्धमा प्रकाश पारेका थिए ।

त्यसैगरी विभिन्न स्कुल तथा कलेजबाट यो वर्ष ग्राजुएसन गर्ने बिद्यार्थीहरुलाई सम्मान पत्र वितरण गरिएको थियो । कलेज बिद्यार्थीहरु एलिना राई बर्कले युनिभर्सिटी क्यालिफोर्निया, लोकेन्द्र मति राई लेहम्यान कलेज न्युयोर्क, जेनिथ राई ब्रनडेल्स युनिभर्सिटी म्यासाच्युसेत्ट्स, यलम्बर राई ग्रेट वे कम्युनिटी कलेज न्युहेम्प्शायर, नमिता राई शान्ताक्रुज युनिभर्सिटी क्यालिफोर्निया, शशि राई लगौडिया कम्युनिटी कलेज न्युयोर्क, प्रतिभा राई लगौडिया कम्युनिटी कलेज न्युयोर्कमा अध्ययनरत छन् ।

यसरि नै स्कुल ग्राजुएट गर्नेहरुमा केभिन राई क्यालिफोर्निया, प्रतिक राई न्युजर्सी, आशुतोष पालुङ्गा नेब्रास्का, ज्यो ज्यो लुङ्ग राई कनेक्टिकेट, आदर्श राई म्यास्साच्युसेट्स, कृपा पौडेल म्यासाच्युसेत्ट्स, सबिन सुब्बा न्यु हेम्प्शायर, शुभेच्छा राई कनेक्टिकट रहेका छन् ।

सोहि अवसरमा कोभिड–१९ मा अग्रपंक्तिमा रहेर काम गर्नेहरु किराती राईहरुको उच्च प्रशंशा गरिएको थियो । साथै करातेका अन्र्तराष्ट्रिय रेफ्री पर्खि खालिङ्ग राईलाई सम्मान गरिएको र उनले आफ्नो मन्तब्य राखेका थिए ।
उक्त सभामा लोकल च्याप्टर सभापतिहरु डिएमभीपी सभापति प्रकाश राई, क्यालिफोर्निया सभापति जोर बीर राई, न्युइंग्ल्याण्ड सभापति मुक्ति नारायण राई न्युयोर्क सभापति केशब राम राईले संस्थाको गतिविधि सम्बन्धमा प्रकाश पारेका थिए ।

त्यसरी नै केन्द्रीय समिति र लोकल च्याप्टरबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । बार्षिक प्रतिवेदनमा संस्थाले किरात प्रदेशको लागि नेपाल सरकारलाई बुझाएको ज्ञापन पत्र, सिक्किमका पूर्व मुख्यमंत्री पवन चाम्लिङ्गसंगको न्युयोर्कमा भेटघाट छलफल, कोभिड–१९ मा बिभिन्न व्यक्तिहरुलाइ सहयोग गर्नुको साथै नेपालबाट अमेरिकामा आएर एफ–१ भिसामा रहने बिद्यार्थीहरुलाई नगद सहयोग, रक्तदान, यलम्बर नाइट लगायतको कार्यहरु गरिएको विवरण बताईएको थियो । साथै उक्त प्रतिवेदन प्रस्तुत गर्नेहरुमा केन्द्रिय समितिबाट महासचिव जय राई अन्य लोकल च्याप्टरबाट डिएमभीपी महासचिव हर्क राई, क्यालिफोर्निया महासचिव टक्सन राई, न्यु इंग्ल्याण्ड सभापति मुक्ति नारायण राई र न्यु्योर्क सभापती केशब राम राईले प्रस्तुत गरेका थिए ।

उक्त सभामा किरात राईहरुको नयाँ बिबाहित युगल जोडीलाई र आजीवन सदस्यता लिएका जेष्ठ सदस्य खडिमान राईलाइ स्वागत गरिएको थियो भने गतवर्ष संस्थाद्वारा आयोजना गरिएको साकेलामा संयोजक रही उल्लेखनीय भूमिका निर्वाह गरेका प्रभाकर राईलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

सभाको बिसर्जन गर्दै सभापति मुना राइले मानव जीवनको महत्वपूर्ण पाटो शिक्षा नै भएको हुनाले आजको युवाहरुले शिक्षालाई जोड दिनुका साथै मानव बिकासको लागी आफ्नो संस्कार संस्कृती समेत जगेर्ना गर्न उत्तिकै आवस्यकता रहेको कुरा बताएकी थिइन् ।
कार्यक्रमको संचालन केन्द्रिय महासचिव जय राई, न्यु इंग्ल्याण्ड महासचिव शेखर राई, डि एमभीपी महासचिव हर्क राई, क्यालिफोर्निया महासचिव टक्सन राई, न्युयोर्क महासचिव प्रमल राईले पालै पालो गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेकी

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा