
७ असार, काठमाण्डौं । गण्डकी प्रदेशमा आइतबार बिहान थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार आज संक्रमण पुष्टि भएकामा बाग्लुङ गल्कोट नगरपालिकामा २२, २६, २२ र २१ वर्षीय पुरुष, ढोरपाटन नगरपालिका ४८ वर्षीय पुरुष, काठेखोला गाउँपालिकामा ३२, ४०, २९ वर्षीय पुरुष र बाग्लुङ नगरपालिकाका २१ वर्षीय पुरुषसहित बाग्लुङमा ९ जनामा पुष्टि भएको छ ।
त्यस्तै म्याग्दीको रघुगंगा गाउँपालिकामा १ महिला सहित २ जना रहेका छन् । उनीहरु ३० वर्षीय र नौ वर्षीय उमेर समुहका रहेका छन् । म्याग्दीकै मंगला गाउँपालिकामा २० वर्षीय पुरुष, तनहुँको ऋषिङ गाउँपालिकामा २७ र ३२ वर्षीय २ पुरुष र पर्वत कुश्मा नगरपालिकामा २७ र ३२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।