back

एमसीसीमा महाकाली दोहोरिने सम्भावना, खबरदारी तिव्र पारौ

वि.सं.२०७७ असार ७ आइतवार

180 

shares
RBB AD
NTC AD

कालापानी लगायतको हाम्रो भूमिमा बिदेशी सेना परेड खेलिरहेछ तर हटाउने उपाय छैन । महाकाली सन्धीपछि, महाकालीको पानी भारतले मात्र उपभोग गरिरहेको छ । एमसीसी सम्झौता, ऐन वा सन्धीले महाकाली अनि कालापानीको कथा दोहोराउन सक्दछ । किनभने, एमसीसी सम्झौतामा, नेपालको अमूल्य र बिशाल उर्जा श्रोत, अन्तराष्ट्रिय ब्यापारी र तीनका दलालहरुको हातमा पर्न सक्ने धेरै प्रावधानहरु छन् ।

एमसीसीका बुंदाहरुको ‘भित्री आषय’ बुझौ
केहि उदाहरणहरु । एमसीसी ऐन बनेपछि, एमसीसी कार्य क्षेत्रका जिल्लाहरुका जल, जंगल, भूमि एमसीसीको स्वामित्वमा जानेछ । नेपालीले प्रबेश गर्ने वा अनुगमन अधिकार गुमाउने छ । एमसीसीको उर्जा आयोजनामा अमेरिकन राष्ट्रिय सुरक्षा सन्दर्भ बलियोसंग जोडिएको छ । अमेरिकाको बर्तमान कानुन र भविष्यमा बन्ने कानुन मान्नु पर्ने प्रावधान राखिएको छ । यो ऐन (सम्झौता) पास भएपछि, अधिकार प्राप्त ब्यक्ति, निकाय वा राज्य सरह एमसीसीले बिश्वका कुनै पनि ब्यक्ति, संघ संस्था, निकाय, अंग संग सहयोग लिने, सन्धी सम्झौता गर्ने स्वतन्त्र अधिकार प्रयोग गर्नेछ । रोजगारी दिने सवालमा नेपाली नागरीक हुनुपर्ने छैन । नेपालको कानुनसंग बाझिएमा, एमसीसी कानुन मान्य हुनेछ । सरकारी आयकर, शुल्क, भ्याट लागु हुने छैन ।

यसरी, एमसीसी ऐन बन्दा कानुनी हिसावले तल परि सकेपछि एमसीसी सम्झौताबारे सरकार वा सदनले पुनरावलोकन वा संशोधन गर्न चाहे पनि एमसीसीकै सहमति वा स्वीकृति आवश्यक पर्नेछ । यसको अर्थ, एमसीसी ऐन राष्ट्रघाती देखिएमा वा उर्जाश्रोत बेचिएको ठहर भएमा पनि एमसीसीले अन्य पार्टीहरुसँग गरेको सम्झौताबाट भित्रिएका, धनलाई सर्बोपरि मान्ने, अमेरिकन खरवपति र तीनका दलालहरुलाई हटाउने उपाय केवल हिंसा वा लडाई मात्र बाँकी रहने छ भनेर प्रष्ट बुझ्न सकिन्छ ।

एमसीसी सम्झौताका यस्ता प्रावधानहरु मात्र होईन एमसीसीको अन्य ६ वटा बुंदाहरु अनन्तकाल रहने जस्ता प्रावधानहरुलाई एमसीसीका दलालहरुले जतिसुकै सकारात्मक बनाउन खोजे पनि झनझन रहश्यमय बनीरहेका छन् । त्यसैले, एमसीसी सन्धी ऐनले कालापानी बन्नसक्दछ, हामी भन्छौ, हाम्रो भूमि हो तर त्यहाँ बिदेशी सेना परेड खेलीरहेछ तर हटाउने उपाय नै छैन ।

एकाईसौ सताब्दीमा उर्जा श्रोतको महत्व

नदिनाला र जलउर्जा शक्तिमा बिश्वमै ब्राजिलपछि दोश्रोमा नेपाल हो भन्ने कुरा सबैलाई थाहा छ । बिज्ञानप्रबिधि, सूचनाप्रबिधिमा, स्वास्थ्य, शिक्षा, कृषि, उद्योग र ब्यापारको ‘प्राण’ ‘उर्जा श्रोत, नदि, युरेनियम आदि हो भन्ने पनि प्रष्ट छ ।

एकाईसौ सताब्दीको सबैभन्दा ठूलो क्यापिटल वा सम्पत्ति ‘उर्जा श्रोत’कव्जागर्ने चाहाना राख्नु बिश्व शक्तिमा एकल साम्राज्य चाहाने अमरिकाको निम्ति सामान्य ज्ञानको कुरा हो । अरुण तेश्रो मात्र होईन, नेपालको ठूला जलबिद्युत् आयोजनाहरुलाई एकपछि अर्को, यो वा त्यो, बाहानामा ढिलाई गर्दै असफल पार्ने ‘नियत’ कस्को थियो, के को लागि थियो भनेर खोज्ने समय आयो ।

बिश्व क्यापिटल, श्रोत,साधन, सम्पत्ति, प्रबिधि, उद्योगधन्दा, बजार एकाधिकार गर्नको निम्ति अनुकूल नियम, ऐन, कानुनहरु निर्माण गर्नकै निम्ति धनबलको भरमा राजनीति र सत्ता कब्जागर्ने गरिन्छ । बैदेशिक बिकासदान भनिएको एमसीसीको सन्दर्भ हेर्दा, लिनेलाई भन्दा दिनेदातालाई बढि हतारो लाग्नु निकै रहश्यमय भएको बेला, दिने र लिने बिषय भन्दा बढि शक्ति ‘कानुनबनाउने तर्फ’ केन्द्रित् हुंदा, कताकता दाताहरुको लुकेको स्वार्थ बाहिर छचल्किएको देखिन्छ ।

एकाईसौ सताब्दीमा बिज्ञान प्रबिधि, सूचना प्रबिधिमा आधारित स्वास्थ्य तथा उपचार (औषधि पेटेन्ट राईट), शिक्षा (एफिलिएसन वा आवद्धता शुल्क, कपी राईट र बौद्धिक सम्पत्ती राईट) कृषिमा एकाधिकार, अमेरिका मनसान्टो कम्पनीको बिकाशे बीउ, त्यसलाई आवश्यक पर्ने मलखाद, बिषादी बेचबिखनमा एकाधिकार आदि पनि बिश्व क्यापिटल वा श्रोत, साधन, सम्पत्ति एकाधिकारका उदाहरणहरु हुन् ।

अमेरीका प्रति आकर्षण हो कि भ्रम
धेरै जनालाई अमेरिकी जीवन सुखी र सम्पन्न लाग्न सक्दछ, तर त्यो भ्रम हो । अमेरिकामा ९९.९९ प्रतिशत जनता नियम, कानुनले, काम नगरि खान नपाउने, निरिह श्रमिक दासकै जस्तो जीवन बाचेँका हुन्छन् । अमेरिकन जनजीवनको बस्तुगत यथार्थ, केहि साल, त्यहीं बसेकाहरुले मात्र देखेका, भोगेका हुन्छन् । अमेरिकामा अति ठूलो आर्थिक असमानता छ । अमेरिकाको जनसंख्याको ०.०१ प्रतिशत् भन्दा कम् वा २–४ हजार खरबपति परिवारहरुले देशकै सम्पूर्ण अर्थब्यवस्था सम्पत्ती लगायत् राजनीति कब्जा गरेको छ । बाँकी आमजनताको जीवनलाई, जीवनको अन्तिम् घडीसम्म, क्रेडिटकार्ड, मोर्गेज, लोन, ऋणले पिरोलेको हुन्छ ।

आफ्नै नागरिकलाई चरम आर्थिक उत्पीडनमा राख्ने, पुँजीपति खरबपतिहरु वा चतुर निर्दयी ब्यापारीहरु, परंपरागत् सामन्तीहरुद्धारा संचालित अमेरिकी सरकारले बिनाफाईदा, बिना स्वार्थ नेपाललाई दानदिन्छ भन्ने कुरा पत्ताउनै मुस्कील हुने अवस्था छ । एमसीसी पनि यस्तै बिकृत पुंजीवादको हांगाबिंगा, जराहरु होईनन् भन्ने आधार प्रमाणहरु यहांका बिश्व अर्थराजनीतिमा साक्षर कसैले पनि भन्न सक्दैनन् । भन्छन् भने‘दालमे कुछकाला है’भनेर बुझे हुन्छ ।

अन्त्यमा,
क्यापिटलीस्ट, पुजींपतिहरु, खरबपति ब्यापारी र तीनका दलालहरु डलर र कमिशनको बलमा बिज्ञानप्रबिधि, सूचनाप्रबिधिमा, उद्योग र ब्यापारको मुख्य ‘प्राण’ ‘उर्जा श्रोत, नदि, युरेनियम खानी एकाधिकार, कब्जा गर्ने नियतबस अनुकूल नीति, नियम, ऐन कानुनहरु पास गराउन आतुर छन् । स्मरणिय छ, औद्योगीकरण भन्दा अगाडिको क्यापिटल वा श्रोत,साधन, सम्पत्ती भनेको जल,जंगल र जमीन थियो । त्यसैको खोजीमा ईस्ट ईन्डियाले भारतको जल,जंगल र जमीन सदीयौ सम्म कब्जा गरेको थियो । एमसीसी त्यसैको पुनराबृत्ति होईन भन्न सकिन्न ।

सम्झौता पास भएपछि, एमसीसीले अन्र्तराष्ट्रिय ब्यापार कम्पनीहरु सँग स्वतन्त्र रुपमा सम्झौताहरु गर्न पाउने छ । स्वतन्त्र सम्झौताहरु गर्दै, नेपालको उर्जा श्रोत कब्जामा लिनेछ, उर्जा उत्पादन गर्दै, महाकालीको पानी भारत गएकै तरिकामा, एमसीसी ट्रांन्समीसन लाईनबाट, नेपाललाई दिनुपर्ने कर वा शुल्क दायित्वबाट मुक्तहुदै, भारत लगायत अन्य देशहरुमा, अनन्तकालसम्म बिद्युत उर्जा बेचिरहने अधिकार पाउने छ । महत्वपुर्ण जल, जंगल, जमीन पनि एमसीसीको स्वामित्वमा जानेछ । आयोजना अनुगमन वा सम्झौता संशोधन गर्न पाउने अधिकार समेत गुमाउने छ । कस्को स्वार्थ कति ? अब जनताले नै केलाउनु पर्ने बेला आयो । किनभने, सम्झौताका बुदाहरु शंकास्पद छन् ।

 डा.  राई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन्

प्रश्नहरुका खात छोडेर यतिधेरै माइती मोह किन माननियज्यू ?

वि.सं.२०७७ असार ७ आइतवार १३:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
बृद्धबृद्धालाई विद्यालयको योजना गरौं

बृद्धबृद्धालाई विद्यालयको योजना गरौं

केही दिनअघि तुलसीपुर–१ भमके निवासी ९० वर्र्षीय प्रेमबहादुर डाँगी एक...

श्रमिक दिवस र ट्रेड युनियन आन्दोलनको अभिभारा

श्रमिक दिवस र ट्रेड युनियन आन्दोलनको अभिभारा

अचुतकुमार ओझा, काठमाडौँ । आज मे डे अर्थात् श्रमिकले दृढ...

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

डा गोविन्दराज पोखरेल समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

दीपेन्द्रबहादुर क्षेत्री काठमाडौँ । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

ईश्वर पोखरेल, काठमाडौँ  मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि जेठा...

यसरी रोक्न सकिन्छ युवा पलायन 

यसरी रोक्न सकिन्छ युवा पलायन 

प्रेमलकुमार खनाल औषत वार्षिक १० लाख युवा कामको खोजीमा विदेशीन...