-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

साउनदेखि फेरि लकडाउन गर्ने तयारीमा सरकार



काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले साउनदेखि पुनः लकडाउन गर्नेबारे छलफल थालेको छ । लकडाउन खुलेसँगै कोरोना संक्रमण आक्रामक रुपले बृद्धि हुँदै गएपछि सरकारले थप कार्यक्रमबारे छलफल थालेको हो ।

सरकारले लकडाउनको मोडेलबारे सुरक्षा निकायसँग छलफल गरिरहेको जानकारी हुन आएको छ । यसबीच कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनको मोडेलबारे विज्ञहरुसँग पनि छलफल थालेको छ ।

हालै समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले प्रभावित क्षेत्र हेरेर सिल गर्ने कार्यक्रम अगाडि सारेको बताएका थिए ।

स्वास्थ्य मन्त्रालयले केहि दिनमै कोरोना संक्रमितको संख्या ४० हजार पुग्ने अनुमान गरेसँगै सरकार सक्रिय भएको हो । पछिल्लो समय लकडाउन खुलेसँगै दैनिक ३ सयको हाराहारीमा संक्रमित भेटिएका छन् । भारतीय र खाडी मुलुकबाट आउने अधिकांशमा कोरोनाको संक्रमण देखिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ