काठमाडौं। कोरोना महामारीका कारण अस्थिर भएको सुनको मूल्य सोमबारको तुलनामा आज रु ४०० ले घटेको छ ।
सोमबार छापावाल सुन प्रतितोला रु ९१ हजारमा कारोबार भएकोमा सुनको मूल्य मंगलबार रु ९० हजार ६०० पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य रु ९० हजार १६० पुगेको छ ।
त्यसैगरि सुनसँगै चाँदीको मुल्यमा पनि गिरावट आएको छ । मंगलबार चाँदी प्रतितोला रु ९४० मा खरिदबिक्री भइरहेको सुनचाँदी महासंघले जनाएको छ ।
लकडाउनका कारण जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।