
९ असार, काठमाण्डौं । कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
आज मृत्यु भएको पुष्टि भएकामा कर्णाली प्रदेशको दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुषको असार ८ गते बेलुका साढे नौ बजे मृत्यु भएको हो ।
दम तथा क्षयरोगका विरामी उनको सुर्खेत अस्पतालको आइसोलेशनमा उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
उनलाई दुल्लु अस्पताल दैलेखबाट असार ३ गते प्रादेशिक अस्पताल सुर्खेतमा थप उपचारका लागि रिफर गरिएको थियो । उनको असार ३ गते स्वावको नमुना संकलन गरेर परीक्षण गर्दा असार ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
सोमबार मृत्यु भएका उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या २४ पुगेको छ । जसमा २ महिला, १ बालिका र २१ जना पुरुष रहेका छन् । साथै क्वारेन्टिनमा रहेकै बेला र क्वारेन्टिनबाट घर फर्केपछि आत्महत्या गरेका १ पुरुष र महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालमा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या २३ पुग्यो