-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

के कांग्रेसले एमसीसीबाट हात झिकेकै हो त ?



काठमाडाैं । बहु चर्चित एमसीसी प्रकरणबाट नेपाली कांग्रेसले हात झिक्ने आशंका बढाईएको छ । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँग यसअघि भएका सम्झौताभन्दा थप केही रहस्यमय सम्झौता र समझदारी भएको आशंकामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हात झिक्ने अनुमान बढेको छ ।

करिब ३ वर्ष अगाडि शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २०७४ भदौ २९ गते गरेको सम्झौताभन्दा केही बढी संवेदनशील सम्झौता पछि गरिएको भन्दै कांग्रेसभित्र बेजोड आवाज उठेपछि नेपाली कांग्रेस केही हदसम्म हच्किएको हो ।

महाकाली सन्धिबाट खासै पश्चाताप नगरेको नेपाली कांग्रेसले सहयोग र अनुदानमुखी बजेट निर्माणमा बढि ध्यान दिँदै आएको हो । ‘पैसो आउँछ भनेपछि स्वीकार्नु पर्छ, त्यो पनि कुनै दुःख नगरी आउने सहयोग किन छाड्ने ?’ धेरै कांग्रेसीहरुमा यस्तो मत रहँदै आएको छ । बल्ल तल्ल एमसीसी मिलाएर ५५ अर्ब ल्याउन लागेको, नेकपाभित्रको संकटले ‘बल्झिने भयो’ भन्ने पीर मान्दै आएको नेपाली कांग्रेसभित्र अहिले यो विषय बहसका रुपमा ज्वलन्त बनेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २०७४ भदौ २९ गते गरेको सम्झौताभन्दा केही बढी संवेदनशील सम्झौता पछि गरिएको भन्दै कांग्रेसभित्र बेजोड आवाज उठेपछि नेपाली कांग्रेस केही हदसम्म हच्किएको हो ।

प्रचार यतिसम्म भयो कि, देउवासँग मिलेर ओलीले नयाँ गठबन्धन तयार गर्दैछन् । यो सत्य हो की, नेका पार्टी सभापति देउवा अहिले पनि एमसीसी जसरी पनि पास गराउनु पर्छ भन्नेमै उद्दत छन् तर नेपाली कांग्रेसका विभिन्न तहमा रहेका विज्ञान प्रसाइ (एमसीसी राष्ट्र घात नै हुन्छ भन्ने मत राख्ने कांग्रेसजनहरु) ले परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गोप्य रुपमा गरेका अन्य ६ वटा बुँदासमेत थप्दा महाराष्ट्रघात हुने बताइरहेका छन् ।

नेकपाभित्रै भिम रावल, देव गुरुङ, लीलामणि पोखरेल र नारायण शर्मालगायतका नेताहरुले मात्र होइन पूर्वप्रधानमन्त्री झलनाथ खनालसमेतले ‘गोप्य कुरो’ मागिरहेको स्थितिमा नेपाली कांग्रेसभित्र यो प्रश्न उठ्नु र उब्जनु स्वभाविक मानिएको छ ।

एमसीसी बारे बहस बढाएका कांग्रेसजनहरुले एमसीसी संसदबाट पास गराउनै पर्ने कुरामा तत्कालिन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर नगरेको स्थितिमा यतिबेला त्यसलाई मुख्य बनाइनु र नेकपाकै नेताहरुले समेत ‘गोप्य’ भनिएको कुरा माग्नुले नेकपाको सरकारबाट खुसुक्क थपिएको दाबी गरेका छन् ।

एमसीसी बारे बहस बढाएका कांग्रेसजनहरुले एमसीसी संसदबाट पास गराउनै पर्ने कुरामा तत्कालिन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर नगरेको स्थितिमा यतिबेला त्यसलाई मुख्य बनाइनु र नेकपाकै नेताहरुले समेत ‘गोप्य’ भनिएको कुरा माग्नुले नेकपाको सरकारबाट खुसुक्क थपिएको दाबी गरेका छन् ।

एमसीसीलाई नेकपाको शक्ति सन्तुलनसँग जोड्न खोजिएझै कांग्रेसभित्र देउवालाई असहज पार्न यो कुरा उठाइएको हुन सक्ने अड्कल गरिए पनि प्रधानमन्त्री ओलीको निर्देशनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका सन्देहास्पद सम्झौतालाई कांग्रेसले मान्यता दिनु हुँदैन भन्ने धारणा बढिरहेको पनि जनाइएको छ ।

एमसीसी र आइपीएसको सम्बन्ध बारे अमेरिकी अधिकारीहरुले पनि विवादास्पद बोलिरहेको, संसदबाटै पास गर्नुपर्ने बाध्यता बनाउन खोजिएको र संशोधन गर्न ढिलाई भै सक्यो भन्ने गरिएकाले ‘दालमा कुछ काला हैं’ भन्ने ठाउँ रहेको पनि देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा