Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

रामदेवको कोरोना उपचार औषधिः बजारमा आउन भन्दा पहिले रोक लगायो भारत सरकारले



१० असार, काठमाण्डौं । मंगलबार कोरोना संक्रमित व्यक्तिको उपचारमा सहयोगी हुने औषधि बनाएको भन्दै तिब्र प्रचार गरेको भारतीय योग गुरु रामदेवको पतन्जली कम्पनीको औषधि भारत सरकारले बजार ल्याउन र त्यसको प्रचार प्रसारमा रोक लगाएको छ ।

विश्वले कोरोनाको महामारी झेलिरहेको र कोरोना उपचारको औषधि पत्ता लगाउन संसारकै बैज्ञानिकहरु लागि परेको बेला भारतीय योग गुरु रामदेव बाबाको कम्पनी पतन्जलीले कोरोना विरुद्ध लड्नका लागि लाभदायक हुने दावी गर्दै उक्त आयुर्वेदिक औषधि बनाएको घोषणा गरेको थियो ।

भारत सरकारको आयुष (आर्युवेर्दिक) मन्त्रालयले पतन्जली आयुर्वेद लिमिटेडले बनाएको कोभिड १९ विरुद्ध लड्न सहयोगी दावी गरिएको उक्त औषधि बैज्ञानिकरुपमा दावी भएको विवरण उक्त मन्त्रालयमा जानकारी नभएको बताउँदै प्रचार प्रसारमा रोक लगाएको हो ।
मन्त्रालयले दिएको यस्तो जानकारीलाई पतन्जली कम्पनीका अध्यक्ष बालकृष्ण आचार्यले कम्युनिकेशन ग्याप रहेको बताउँदै आफ्नो कम्पनीले उक्त मन्त्रालयमा औषधिबारे सम्पूर्ण जानकारी दिएका समेत दावी गरेका छन् ।

मंगलबार ‘पतन्जलीले ‘कोरोनिल ट्याबलेट र श्वासरी वुटी’ नाम रहेको दुई औषधि सार्वजनिक गरेको थियो । कम्पनीले यो दावी समेत गरेको थियो कि, ‘यो कोरोना भाइरस संक्रमण भएका विरामीका लागि आयुर्वेदिक उपचार हो ।’ साथै उक्त औषधिले ७ दिनमा कोरोना संक्रमित निको बनाउने दावी समेत कम्पनीले गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफु र नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा