काठमाडौं । नेपाली बजारमा सुनको मुल्य फेरी बढेको छ । मंगलबार केहि घटेको सुनको मुल्य बुधबार ह्वात्तै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बुधबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला ९१ हजार १ सय पुगेको छ । मंगलबार छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ६ सय थियो ।
त्यसैगरि तेजाबी सुनको मुल्यमा पनि बढोत्तरी आएको छ । नेपाल सुनचाँदी महासंघले जनाएअनुसार मंगलबार ९० हजार १६० मा कारोबार भएको तेजावी सुन बुधबार प्रतितोलामा ९० हजार ६६५ पुगेको हो ।
सुनको मुल्य बढेसँगै चाँदीको मुल्य पनि केहि बढेको छ । महासंघले जनाएअनुसार बुधबार चाँदीको मुल्य प्रतितोला ९ सय ४५ छ ।
लकडाउनका कारण जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो ।