
१० असार, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या बढ्दै गईरहेको छ । ५० लाख भन्दा बढिले अहिलेसम्म कोरोना भाइरसलाई पराजित गरिसकेका छन ।
वल्डोमिटरका अनुसार ५० लाख ६० हजार ६ सय ५२ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर घर फर्केका छन ।
मंगलबार मात्र विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १ लाख १९ हजार ८ सय ९ रहेको छ ।
अहिलेसम्म विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९३ लाख ७३ हजार ४ सय २४ रहेको छ भने संक्रमणबाट ४ लाख ८० हजार १ सय ४० जनाको मृत्यु भएको छ ।