-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

नक्कली औषधी बनाएर ठग्न खोजेको भन्दै पतञ्जलीका रामदेव र बालकृष्णविरुद्व मुद्दा



काठमाडौं । पतञ्जली विश्वविद्यालय एंव शोध संस्थानका संयोजक स्वामी रामदेव र पतञ्जली संस्थाका अध्यक्ष आचार्य बालकृष्णविरुद्ध भारतीय अदालतमा मुद्दा परेको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार रामदेव र बालकृष्णविरुद्ध बिहार मुजफ्फरफुरका समाजसेवी तमन्ना हाशमीले मुद्दा दायर गरेका हुन् ।

उनले स्वामी रामदेव र आचार्य बालकृष्णविरुद्व कोरोना भाइरसको नक्कली औषधी बनाएर ठग्न खोजेको आरोप लगाएका छन् । भारत सरकारले सार्वजनिक भएलगत्तै मंगलबार प्रतिबन्ध लगाएको कोरोनिल टेबलेटलाई हाशमीले मुख्य कारण देखाएका छन् ।

तमन्ना हाशमीले आयुष मन्त्रालयसहित देशलाई धोका दिन खोजेको आरोप लगाएका छन् । उनले कोरोनिल ट्याबलेटले लाखौं मानिसको ज्यान खतरामा पारेको बताएका छन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार अदालतले रामदेव र बालकृष्णविरुद्वको मुद्दालाई संवेदनशिल मान्दै चाँडै सुनुवाई हुनेमा राखेको छ ।

कोरोना सात दिनमा ठिक हुने दाबी

पतञ्जलीले कोरोनिल टेबलेट नामको औषधीले ७ दिनमा कारोना ठिक हुने दाबी गरेको थियो । मंगलबार औषधी सार्वजनिक गर्दै बाबा रामदेवले आयुर्वेद पद्धतिसँग सम्बन्धित विषयमा गहन अध्ययन गरेर औषधी ल्याइएको दाबी गरेका थिए । उनले पतञ्जलीले ल्याएको औषधी क्लिनिकल परिक्षणपश्चात ल्याएको दाबी गरेका थिए ।

उनले १०० बिरामीमा औषधी परिक्षण गरिएको र उनीहरुलाई शतप्रतिशत निको भएको दाबी गरेका थिए । बाबा रामदेवले १०० बिरामीमध्ये ६९ प्रतिशत बिरामी ३ दिनमै निको भएको दाबी गरेका थिए । उनका अनुसार औषधीको पटक–पटकको परिक्षणपश्चात मात्रै सार्वजनिक गरिएको थियो ।

औषधी प्रतिबन्ध, विज्ञापनमा रोक

ओषधी सार्वजनिक भएलगत्तै भारतको आर्युवेद स्वास्थ्यसँग सम्बन्धी आयुष मन्त्रायले पतञ्जलकिो औषधी प्रयोग गर्न र औषधी बारे विज्ञापन गर्न रोक लगाएको थियो । मन्त्रायलले औषधी प्रयोगमा ल्याए कारबाही गरिने जनाएको छ ।

आयुष मन्त्रायले पतन्जलीले बनाएको कोभिड १९ विरुद्ध लड्न सहयोगी दाबी गरिएको उक्त औषधी बैज्ञानिकरुपमा प्रमाणीत नभएको नभएको बताउँदै प्रचार प्रसारमा रोक लगाएको जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ