
१२ असार, काठमाडौँ । अमेरीका र ब्राजिलमा बिहिबार मात्र ४० हजार भन्दा बढि कोरोना संक्रमितहरु भेटिएका छन ।
वल्डोमिटरका अनुसार अमेरीकामा बिहिबार ४० हजार १ सय ८४ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ६ सय ४९ जनाको मृत्यु भएको छ । यससँगै अमेरीकामा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या २५ लाख ४ हजार ५ सय ८८ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २६ हजार ७ सय ८० पुगेकोे छ ।
वल्डोमिटरका अनुसार ब्राजिलमा पनि बिहिबार ४० हजार ६ सय ७३ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार १ सय ८० जनाको मृत्यु भएको छ । यससँगै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या १२ लाख ३३ हजार १ सय ४७ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ हजार ५४ पुगेको छ ।
यी दुई देशमा मात्र ३७ लाख ३७ हजार ७ सय ३५ कोरोना भाइरसका संक्रमितहरु रहेको छन भने संक्रमणबाट १ लाख ८१ हजार ८ सय ३४ जनाको मृत्यु भएको छ ।