
१२ असार, गुल्मी । गुल्मी जिल्ला समाज युकेले गुल्मीका अस्पताललाई स्वास्थ्य सामग्रीहरु पठाएको छ ।
परोपकारी कामहरुमा सक्रिय रहँदै उदाहरणीय बन्दै आएको समाजले कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्येनजर गर्दै जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुका लागि ७ लाख ५० हजार बराबरको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई ) सहयोग गरेको छ ।
समाजले असार ११ गते तम्घास स्थित जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य संस्थाहरुलाई उक्त स्वास्थ्य सामग्री वितरण गरेको हो ।
जिल्ला सदरमुकाम तम्घासस्थित आइसोलेशन सेन्टर सहित पाँचवटा स्थानीय तहका स्वास्थ्य केन्द्रलाई अत्याधुनिक स्वाब संकलन क्लिनिक कक्ष सहितका सामगी्र सहयोग गरेको समाजले जानकारी दिएको छ ।
स्थानीयतह अन्र्तगत रेसुंगा नगरपालिका, मुसिकोट नगरपालिका, छत्रकोट गाउँपालिका, रुरु क्षेत्र गाउँपालिका र चन्द्रकोट गाउँपालिकाका स्वास्थ्य केन्द्रलाई एक–एक थान स्वाब संकलन उपकरण तथा ज्वरो क्लिनिक कक्ष प्रदान गरिएको हो ।
समाजको तर्फवाट गुल्मी जिल्लाका अन्य सातवटा स्थानीय तहलाई समेत कोरोना बिरुद्ध प्रयोग गरिने २०\२० थान पीपीइ सेट र २÷२ थान थर्मलगन समेत प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिएका छन् । गुल्मी अस्पताललाई पनि समाजको तर्फवाट २० थान पीपीइ सेट र दुई थान थर्मलगन प्रदान गरिएको हो ।
त्यस्तै जिल्ला बिपद् व्यावस्थापन समिति, पत्रकार, नगर तथा गाउँपालिका प्रमुखहरुलाई १\१ थान एन ९५ माक्स प्रदान गरिएको हो ।
समाजमार्फत् प्राप्त सवै सामग्रीहरु गुल्मी जिल्ला समाज युकेका प्रतिनिधि लक्ष्मण गौतमले जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई हस्तान्तरण गरेका थिए । गुल्मी जिल्ला समाज युकेका प्रतिनिधि लक्ष्मण गौतमले जिल्लाका सवै किसिमका बिपद्हरुमा समाजको तर्फवाट विगतमा धेरै सहयोग पुराउँदै आएको बताए ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले परदेशमा भएर पनि जन्मभूमीप्रति प्रवासीले देखाएको सहयोग अतुलनीय भएको भन्दै गुल्मी जिल्ला समाज युकेलाई विषेश धन्यबाद व्यक्त गरेका थिए ।
तस्बिर जनार्दन घिमिरे