back

सिड्नीबासी नेपालीलाई अर्को पीडा, बौद्धका सुजनले पनि पौडी खेल्ने क्रममै ज्यान गुमाए

वि.सं.२०७३ पुस १२ मंगलवार

675 

shares

sujan

अष्ट्रेलियामा पौडी खेल्ने क्रममा  डुबेर मृत्यु भएका  किर्तिपुरका  सुजन अधिकारीको घटना सेलाउन नपाउँदै फेरि अर्का नेपाली युवाको पौडी खेल्ने क्रममै ज्यान गएको  दुःखद समाचार छ ।

  डिसेम्बर २५ तारिखका दिन पौडीखेल्ने क्रममा  सुजन अधिकारीको ज्यान गएको थियो भने २७  डिसेम्बरका दिन  काठमाडौं बौद्धका सुजन  शर्माको पनि पौडी खेल्ने क्रममा डुबेरै ज्यान गएको छ ।

साथिहरुसँग मिलेर कंगारु भ्यालीमा विदा मनाउन गएका सुजन शर्मा काय किङ  (बोटिङ) सकी पार्क गरेर पौडी खेल्न गएका शर्माले असहज महसुस भएको भन्दै लाइफ ज्याकेट खोलेर पौडी खेल्न गएका थिए ।  तर, नजिकै भुमरी रहेको र उनी त्यहि बेपत्ता भएको मृतकका भिनाजु रविन सुवेदीले  बताएका छन् ।

भूमरीमा वेपत्ता भएका उनलाई देख्ने प्रत्यक्षदर्शीले इमरजेन्सी नम्बरमा फोन गरेर तुरुन्तै एम्बुलेन्स र प्रहरी  बोलाइएको थियो ।  सिड्नीबाट आएको स्कुबा  डाइभिङको विशेष टोलीद्धारा ४ घण्टापछि मात्र  उनको मृत शरिर पानीबाट निकालिएको थियो ।

हाल मृतकको शब सोलहेभव हस्पिटल कंगारु भ्यालीमा राखिएको छ ।

 सन २०१३ अगस्तमा  विद्यार्थी भिषामा  अष्ट्रेलिया आएका शर्मा  हालैमात्र अध्ययन सकेर  पिआरको लागि निवेदन  दिने प्रक्रियामा  थिए ।

श्रीमतीसँगै  बेलमोरमा बस्दै आएका उनको श्रीमती  शुष्मा मगर श्रीमानको मृत्युको खबरले अचेत अवस्थामा छन् ।  परिवारमा २ छोरी र उनी १ गरेर तीनजना  सन्तान रहेका थिए ।  उनका बाबुआमा काठमाडौंमै रहेको भिनाजु सुवेदीले बताए ।  छोराको मृत्युको खबरले भावविह्ल  भएका उनीहरुले  छोराको शब जसरी पनि नेपाल पठाइदिन अष्ट्रेलियावासी नेपालीहरु समक्ष अनुरोध गरेका छन् ।

यस दुःखद घडीमा सक्दो सहयोग गरि मृत शरिरलाई नेपाल पठाउने बातबरण मिलाउन मृतकका भिनाजु रबिन सुबेदीले सम्पूर्ण अष्ट्रेलियाबासी समुदाय तथा नेपालीहरुमा अनुरोध गरेका छन।

 बैंक बिबरण मृतकको श्रीमतीको नाममा रहेको छ।

Bank Details:- A/cName:- Sushma Magar

 BSB No :- 062133

 A/c No :-11224342

वि.सं.२०७३ पुस १२ मंगलवार ०७:१७ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...