back
CTIZAN AD

सिड्नीबासी नेपालीलाई अर्को पीडा, बौद्धका सुजनले पनि पौडी खेल्ने क्रममै ज्यान गुमाए

वि.सं.२०७३ पुस १२ मंगलवार

801 

shares

sujan

अष्ट्रेलियामा पौडी खेल्ने क्रममा  डुबेर मृत्यु भएका  किर्तिपुरका  सुजन अधिकारीको घटना सेलाउन नपाउँदै फेरि अर्का नेपाली युवाको पौडी खेल्ने क्रममै ज्यान गएको  दुःखद समाचार छ ।

  डिसेम्बर २५ तारिखका दिन पौडीखेल्ने क्रममा  सुजन अधिकारीको ज्यान गएको थियो भने २७  डिसेम्बरका दिन  काठमाडौं बौद्धका सुजन  शर्माको पनि पौडी खेल्ने क्रममा डुबेरै ज्यान गएको छ ।

साथिहरुसँग मिलेर कंगारु भ्यालीमा विदा मनाउन गएका सुजन शर्मा काय किङ  (बोटिङ) सकी पार्क गरेर पौडी खेल्न गएका शर्माले असहज महसुस भएको भन्दै लाइफ ज्याकेट खोलेर पौडी खेल्न गएका थिए ।  तर, नजिकै भुमरी रहेको र उनी त्यहि बेपत्ता भएको मृतकका भिनाजु रविन सुवेदीले  बताएका छन् ।

भूमरीमा वेपत्ता भएका उनलाई देख्ने प्रत्यक्षदर्शीले इमरजेन्सी नम्बरमा फोन गरेर तुरुन्तै एम्बुलेन्स र प्रहरी  बोलाइएको थियो ।  सिड्नीबाट आएको स्कुबा  डाइभिङको विशेष टोलीद्धारा ४ घण्टापछि मात्र  उनको मृत शरिर पानीबाट निकालिएको थियो ।

हाल मृतकको शब सोलहेभव हस्पिटल कंगारु भ्यालीमा राखिएको छ ।

 सन २०१३ अगस्तमा  विद्यार्थी भिषामा  अष्ट्रेलिया आएका शर्मा  हालैमात्र अध्ययन सकेर  पिआरको लागि निवेदन  दिने प्रक्रियामा  थिए ।

श्रीमतीसँगै  बेलमोरमा बस्दै आएका उनको श्रीमती  शुष्मा मगर श्रीमानको मृत्युको खबरले अचेत अवस्थामा छन् ।  परिवारमा २ छोरी र उनी १ गरेर तीनजना  सन्तान रहेका थिए ।  उनका बाबुआमा काठमाडौंमै रहेको भिनाजु सुवेदीले बताए ।  छोराको मृत्युको खबरले भावविह्ल  भएका उनीहरुले  छोराको शब जसरी पनि नेपाल पठाइदिन अष्ट्रेलियावासी नेपालीहरु समक्ष अनुरोध गरेका छन् ।

यस दुःखद घडीमा सक्दो सहयोग गरि मृत शरिरलाई नेपाल पठाउने बातबरण मिलाउन मृतकका भिनाजु रबिन सुबेदीले सम्पूर्ण अष्ट्रेलियाबासी समुदाय तथा नेपालीहरुमा अनुरोध गरेका छन।

 बैंक बिबरण मृतकको श्रीमतीको नाममा रहेको छ।

Bank Details:- A/cName:- Sushma Magar

 BSB No :- 062133

 A/c No :-11224342

वि.सं.२०७३ पुस १२ मंगलवार ०७:१७ मा प्रकाशित

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...