
१३ असार, काठमाण्डौं । गण्डकी प्रदेशमा आज (शनिबार) बिहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचना अनुसार आज संक्रमित पुष्टि भएकामा बाग्लुङ ढोरपाटन नगरपालिकाका २५ वर्षीय पुरुष र काठेखोला गाउँपालिकाका २०, २६, ५०, ३५, २९, २९ र २६ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी स्याङजा पुतलीबजार नगरपालिकाका ४२ वर्षीय पुरुष, विरुवा गाउँपालिकाका २३ वर्षीय पुरुष र अर्जुन चौपारी गाउँपालिकाका १२ महिने, ८ वर्षीय र ९ वर्षीय बालकसहित २७, ३६, १८, ३०, २५, २२, ३८, ३८, २२ र ४१ वर्षीय पुरुष तथा १० १२ र १४ वर्षीया ३ बालिकासहित २०,२५,२९ वर्षीया महिला गरेर २२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै वालिङ नगरपालिका २६ वर्षीय पुरुष र नवलपरासी (वर्दघाट सुस्ता पुर्व) का २६ र ४० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला काठमाडौँको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।