-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

कविताः विचारका वीउ



परिश्रमको गाभो गाडेर
माना छरि,
मुरीमुरी सुन फलाउने बेला
अफ्सोच
मेरा सिर्जनशील हातहरुले
नपाएर एक चपरी माटो खेलाउन
म भित्रको उर्जा ह्रास हुदैछ ।

यतिका ठूलो धर्ती
मेरो हुँदाहुँदैपनि,
स्वामित्वको आडम्बरबिना
म मेरो धर्ती, मेरो माटो
छुन, छाम्न, सुम्सुम्याउन पाउदिन
सोही ग्लानीले म
वर्षादले गलेको कर्कलाको डाँठझै
फतक्क गलेकोछु ।

आत्मबलका गानाहरुबाट
फेरि चाहानाको टुसा पलाउँदा
मनका गह्राहरुमा
प्रतिवद्दताको मलजल सिंञ्चेर
विचारका व्याड राख्न थालेकोछु
वरिपरि सबैले
धानको वीउ रोप्ने बेलामा
यो असारको हतारमा
मनको व्याड गोडेर
कविताको मुठो पारी
आफ्ना केही सन्तुष्टि
केही असन्तुष्टि रोप्न
आज म कवि गोष्ठीमा छु ।

आफ्नै लगानीको
कविताको मुठो फुकाएर
निशुल्कः श्रवण गराउदैछु
कविमनका गह्राहरुमा छुपुछुपु
कविताको रोपाइँ गर्दैछु ।

त्यसैले,
कवि महोदयहरुसँग
एउटा प्रश्न सोध्दैछु
मैले सित्तैमा रोपेको
मेरो विचारको गाभोले
कहिंकतै,
जरा गाड्न सक्ला त कविज्यू !
मैले सित्तैमा
श्रवण गराएको कविताले
कहिं कसैको मन छुन सक्ला र, कविज्यू !
मेरो विचारका
चिचिला लाग्लान् त कवि ज्यू !

यत्ति भनिदिनुस् न हजुर !
मेरो परिश्रम सदुपयोग होला र !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको