Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

मुक्तकहरु



१.
असंख्य तारा भित्र तिमी एउटा जुन हौ
हजारौ वैगुनहरूमा तिमी एउटा गुन हौ
अरुले के के ठान्लान् यहाँ ठान्दै गरून
लाखौ फलामहरूमा तिमी नम्बरी सून हौ ।

२.
हजारौ ताराहरूमा मात्र एउटा जुन रोजेको हूँ
लाखौ गुनको बदला मात्र एउटा गुन खोजेको हूँ
हीरा मोती त्यागेर आएको हूँ उनकै नजिक
मेरो लागि उनी नम्बरी ठानी सुन रोजेको हूँ ।

३.
जिन्दगीको सारा तारा र जुन तिमीलाई
वैगुनहरू स्याहार्छु म आफै सबै गुन तिमीलाई
के चल्थ्यो र उनी बिनाको जिन्दगी सुस्तरी
स्वादिलो जिन्दगी बनाउने सारा नुन तिमीलाई ।

४.
मीठो माया रातको शीतल जुन जस्तो
चोखो माया स्वादिलो त्यो नुन जस्तो
लाउनु परेपछि माया जिन्दगीमा सबले
लाइदिनु माया नम्बरी त्यो सुन जस्तो ।

५.
ढुङ्गा माटो सबै तेत्तीस कोटी देवता लाग्छ
भए साथ यिनको दुःख पीर सबै भाग्छ
बढ्दै गएपछि दानवीय प्रवृतिहरू यहाँ
शिव, हरि, विष्णु, गोविन्द यी सबै जाग्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा