-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

लघुकथाः बच्चादानी हराकी आइमाइ



ऊ लजुयी झार । कसैले औषधि भन्थे कसैले बिसाउने कुप्री काँढा ।
श्रीमान् दोक्चेको भने बाँझी । बच्चादानी हराकी आइमाइ । आदि ÷ इत्यादि ।
सासुकी अलक्षणी ।
गाउँले देवरका टाइम पास भाउजू ।

सेतो छेपारी र काँक्री पाखुरा हेर्न चाखिने किशोर त थिए । केगर्नु निराश सबै, मनले खाने लजुयी लजुयी र काँढे परी ।

अचेल देवर ऊ पछि होइन ऊ देवर पछि छे, जिब्रो पटकाउँ दै । जब लोग्नेले कि छोरो दे कि सौता हाल्न दे भनेर करेचमा पारेर सौता भित्र्याय पछि परिवर्तित छे ।

उसलाई विश्वास छ लोग्ने बाउ बन्न असमर्थ छ । पुष्टि भइसक्यो सौताले पनि थारी जस्तो उपनाम पाउन थाले पछि । तर लोग्ने आफूलाई जचाउने पक्षमा छैन ।

लोग्नेले देख्यो जेठी श्रीमती अचिनारु सँग हाँस्दै छे ।

’को हो यो ?’ रिसाउँदै सोध्छ लोग्ने ।

’तिम्रो जार । मेरो कान्छो फेशबुके लोग्ने ।’ श्रीमती छाती हल्लाउदै भन्छे ।

‘सर समाज, गाउँले सँग लाज लाग्दैन ?’

’लोग्नेले सौता ल्याउन सहमति दिन पर्ने । स्वास्नीले जार ल्याउन स्वीकार स्वीकार भन्लान् भन्या त…।’

’के रे तँलाई नमारी छोड्दिन’ भन्दै छोप्यो लोग्नेले ।

’लाखै है हात चाँही न छोडौँ । बहुविवाहको म्याद जाँदैन अरे नि ।’ श्रीमतीले हात नचाए पछि दोक्चे थच्किन विवश बन्यो ‘तँ पातर्नी ! स्वास्नी होइन ल्वास्नी, ख्वासनी रहिछेस ।’ भन्दै ।

त्रियुगा नगरपालिका-११, संगम टोल ,उदयपुर
 प्रदेश नम्बर-१


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ